ख्रीष्टिय गीत संगीत सुन्न रेडियो रिभाइभको एन्ड्रोइड एप

नेपाली ख्रीष्टिय जगतमा स्मार्ट फोन तथा ट्याब्लेटको लागि बिभिन्न खालको एपहरु आउने क्रम जारी छ । बिगत केही बर्ष अगाडि देखी सन्चालनमा अाईरहेको अन्लाईन रेडियो स्टेसन रेडियो रिभाइभको एन्ड्रोइड एपको दोस्रो संस्करण भर्खर गूगल प्लेमा सार्वजनिक भएको छ । पहिलो सँस्करणमा केही प्राबिधिक समस्या भेटिएकोले नयाँ संस्करण ल्याउनु परेको कुरा युथ सर्कल समुहको एक सदस्यले बताउनु भयो । यो एप मार्फत चौबिसै घण्टा ख्रीष्टिय गीत संगीतहरु सजिलैसँग फोन तथा ट्याब्लेटमा सुन्न सकिन्छ । यो एप युथ सर्कल समुहले लिएर आएको हो साथै यो समुहले यो भन्दा अगाडि नेपाली ख्रीष्टिय भजन एप सार्वजनिक गरेको थियो । आजको मिती सम्म यो भजन एप १०००० पटक सम्म डाउनलोड भइसकेको छ र धेरैले यो एप उपयोगी रहेको कुरा बताउनुभएको छ ।

रेडियो रिभाइभको एप डाउनलोड गर्न https://play.google.com/store/apps/details?id=com.yc.radiorevive मा जानुहोस् ।
रेडियो रिभाइभ तपाईंको कम्प्युटरमा सुन्न http://youthcircle.org/radiorevive/ मा जानुहोस् ।
नेपाली ख्रीष्टिय भजन एप डाउनलोड गर्न https://play.google.com/store/apps/details?id=com.zeroinc.khristiyabhajan मा जानुहोस् ।

Facebook Comments