एनविसिविएस्‌को छैठौं राष्ट्रिय सम्मलेन काठमाडौंमा सुरू

काठमाडौं- कार्तिक ७, नेपालका विश्वविद्यालयका ख्रीष्‍टिय विद्यार्थी संगतिको ६ ‍औं राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरू भएको छ। ‘तिनीहरुले तिमीहरुको सुकर्म देखुन ‘ मति ५ः१६ शिर्षविषयमा ७ गतेदेखि जारी सम्मेलन कार्तिक १० गते समापन हुनेछ।

राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा एनविसिविएसका परामर्श समितीका अध्यक्ष श्रीमती विष्णु राइले राष्ट्रिय सम्मेलनको व्यानर खोलेर र प्राथर्ना गरि औपचारिक रुपमा सम्मेलनको प्रारम्भ गर्नु भएको थियो ।

सोहि अवसरमा ख्रीष्टिय विद्यार्थी संगति र स्‍नातक विद्यार्थी संगतिहरूको अनुभव समेटिएको एनविसिविएसबाट प्रकाशित पुस्तक ‘सिविएस अनुभव तथा साक्षीहरु’ एनविसिविएसका संस्थापक सदस्य तथा पास्टर डा‍.राजेन्द्र रोङ्गगोङ्गको हातबाट विमोचन गरिएको थियो। विमोचनकै क्रममा सिविएससंग जोडिएका पुराना अनुभवहरु सुनाउँदै , ५/६ जनाबाट सुरू गरिएको विद्यार्थीहरूको संगति अहिले धेरै देख्दा खुसी प्रकट गर्नुभएको थियो। एनविसिविएसका पुराना दिनहरु सम्झदा रमाइलो लाग्ने कुरा पनि बताउँनु भएको थियो। उक्त कार्यक्रममा एनविसिविएसका परामर्श समितिका सचिव मनोज प्रधानांङ्गले उपस्थित पाहुना, पास्टर, अगुवा, स्‍नातक विद्यार्थी संगतिबाट उपस्थितहरुलाई स्वागत गर्नुभएको थियो।

काठमाडौँ सिविएसका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरि स्वागत गरेका थिए। उक्त समयमा एनविसिविएसका महासचिव राम कुमार लामाले एनविसिविएसको परिचय, उदेश्य, काम र प्रभावको विषयमा जीवन साक्षि सहित प्रस्तुत गर्नु भएको थियो । ४४ जिल्लामा १३० वटा ख्रीष्टिय विद्यार्थी संगति भएको र ११ सय विद्यार्थी अगुवाहरू भएको कुराको पनि जानकारी गराउनुभएको थियो।

IFES को दक्षिण एसियाको लागि क्षेत्रिय सचिव सावित्री सुमान्थीरानले सम्मेलन उद्‍घाटनमा वचनबाट नुन र ज्योतिको उदाहरण दिदैं सुकर्मलाई सबैले देख्‍न सक्ने विषयमा बताउनुभएको थियो।

Facebook Comments