आर्थिक समृद्धिको पर्खाइमा युवाहरू

युवा पास्टर प्रकाश तामाङ आफ्नै घरमा निगालो काट्दै। पास्टरले फुर्सदमा निगालोको थुन्चे बुनेर विक्री गर्नुहुन्छ। निगालो लिन एक दिनको पैदल आया गरेर पहाडी भेगबाट ल्याएर आउनुहुन्छ। शनिवारको दिन चर्चको सेवामा दिने गर्नुहुन्छ।

हिजो आज मान्छेछेको सोँच कस्तो छ सजिलै थाह गर्न सकिने भएको छ। विश्वमा विकासले कस्तो गति लियो? के हुँदैछ? राजनीतिक खेल कस्तो हुँदैछ? सबै सजिलै सामाजिक सञ्‍जालबाट तुरुन्तै थाह हुन्छ। कति असत्य पनि होलान कति सत्य पनि छन्। युवाहरूको फुर्सद छ, हात हातमा माोबाइल वा मेडिया डिभाइसहरु छन् जसले गर्दा विश्वमा के कस्तो हुँदैछ थाह गर्न सक्छन्। त्यसपछि आफ्नो क्षेत्र वा देशसँग तुलना गर्न सम्म भ्याउछन्। अन्य देशको तुलनामा आफ्नो देशलाई सुन्यमा देख्छन्। अनि भविष्य नेपालमा होइन अन्या देशमा देख्न थाल्छन्। अर्को पक्ष नेपालमा भएको घटनाहरू राम्रो भन्दा नकरात्मक बढी देखिने हुनाले पनि वितृष्णा जागेर आउँछ। अनुभवीहरूको अनुभव पनि दुखद मात्रै मेडियामा आउँछन्।अबको समयमा युवा पुस्तालाई उत्पादनमुलक कार्यमा उन्मुख गराउन राज्य र सम्बन्धित अन्तराष्ट्रिय/राष्ट्रिय गैरसरकारी संस्थाहरूले व्यवसायीक शिक्षा, शिप, हौसला, सहुलियत ऋण र उत्पादनको सुरक्षा ( Products Insurance) को व्यवस्था गरेर उत्पादनलाई निर्यात गर्न तर्फ लाग्‍न सके राज्यले चाहेको समृद्धिको बाटोमा अग्रसर हुने निश्चित छ।

अर्कोतर्फ हुँदै आएका व्यवसायीक क्षेत्रहरू, ससाना घरेलु उद्योग र कृषिका भएका उत्पादनलाई नै बजारीकरण गर्न नसक्दा व्यवसायमा लगानि गर्न वर्तमान अवस्थामा धेरै जोखिम रहेको छ।

कति पटक प्राकृतिक प्रकोपले उत्पादनहरूमा ह्रास आउनु, कतिपटक सहज तरिकाले ढुवानी गर्न नसकिनु र बजारीकरण हुन नसक्दा व्यवसायीहरू निराश भएर उत्पादन भन्दा बैदेशिक रोजगारीमा निर्भर हुनुपरेको अवस्था छ।
व्यवसायीहरूका केही सफल व्यवसायसँगै गुनासाहरू पनि छन् । नेपालमै व्यवसायी रूपमा उत्पादन बढेपछि बजार पाउन ठूलो चुनौति छ। आयात गरिएका अर्को मुलुकका उत्पादनले नेपाली वजार ढाकेपछि स्थानिय उत्पादन विक्री हुनै गा्ह्रो हुन्छ। यसो हुनुमा अन्य मुलुकहरूमा मेसिनद्वारा उत्पादन गरिन्छ, विँउ मलमा सरकारबाट सहुलियत मूल्यमा पाउँछन्। साथै उच्च प्रविधि र शीपको पनि तालिम उपलब्ध गराइन्छ। व्यवसाय गर्न धेरै जोखिम मोल्न पर्दैन। नेपालमा ल्याएर बेच्दा सम्म व्यापारीलाई घाटा हुँदैन। त्यसैले सस्तो मुल्यमा विक्री हुन्छ।
नेपालमा अहिले हिमाली तथा पहाडी भेगमा उत्पादन भएका स्याउहरू सजिलै सहरहरुमा विक्री गर्न गाह्रो छ। चाइनको स्याउ प्रति किलो १२० सम्म पाउन सकिन्छ भने, नेपालको स्याउ प्रति किलो २०० रूपैया पर्न जान्छ। पहाडी भेगबाट सहरमा ढुवानी गरेर ल्याउदा स्याउँ भारतीय र चीनको स्याउभन्दा सस्तो दिन नसक्ने कुरा व्यापारीहरू बताउछन्।
नेपाली उत्पादनलाई नेपालभित्रै खपत गराउन सके पनि व्यवसायीहरू उत्साहित हुन्थे। नेपाल सरकारले वा स्थानीय सरकारले सहजरुपमा विँउ, मल, व्यवसाय गर्न शिप दिन सके। उत्पादन बढ्ने सम्भावना धेरै छ।
नेपाली भूमिमा नै स्वरोजगरा सृजना गर्न राज्यले कृषिको लागि वा उत्पादन बढाउने नीति त ल्यायो तर अनुगमण र सही तरिकाले कृषकको हातमा नपर्दा निरूत्साहित भएर छोड्ने गरेको गुनासो पनि व्यवसायीहरूको छ। जस्तै राजनीतिक पहुँच भएका व्यक्तिले सजिलैसँग अनुदान पाउन सक्छन् तर कृषि गर्दै आएका वा व्यवसायिक क्षेत्रमा ज्ञान शिप भएकाहरूले सहुलियत ऋण र अनुदान पाउन सक्दैनन्। कतिले आय श्रोत देखाउन व्यवसाय गर्नतर्फ लागेका छन् भने कतिले कालो धनलाई सेतोमा परिनत गर्न तर्फ व्यवसाय सुरू गरेकाछन् जसको कारणले गर्दा उत्पादनहरू प्रयाप्तमात्रामा हुन सकेका छैनन्।
काममा व्यस्त हुने हो भने युवाहरूलाई अरूको नकरात्मक टिप्पणी गरेर वा आलोचना गरेर फुर्सद हुँदैनथ्यो। वेरोजगारी, अस्वस्थ राजनीति, आफन्तको लागि मात्रै अवसर दिने, इमानदारसँग कामगर्नेलाई उत्साह र प्रोत्साहन नहुनु, राजनीतिक दलअनुसार जागिरीको ग्यारेन्टी हुनुले युवाहरूको जोस जाँगर सेलाउँदै गएका छन्। विस्तारै नकरातम्क टिप्पणी गर्नेतर्फ लागेका छन्। जुन गतिमा राजनीतिक परिवर्तन आयो त्यही गतिमा विकासको अपेक्षा गरेका युवाहरू निराशामा जानु स्वभाविकै हो।
Facebook Comments