Missio Dei, A Musical Concert

Psalms Unplugged टिमको आयोजनामा यहि आउँदो पुष १९ गतेका दिन हेब्जिबा हलमा सांगितिक कार्यक्रम हुने भएको छ । नेपालि ईसाइ सांगितिक क्षेत्र फलवन्त भएको र संगितद्वारा परमेश्वरको महिमाको लागि मानिसहरुको जिवन रुपान्तरण भएको हेर्ने दर्शन बोकेर यस टिमले आफ्नो कार्यहरु गर्ने गरिरहेको छ । नेपालभरिबाट विभिन्न मण्डलीहरुका संगितमा रुचि भएका जवानहरु र विभिन्न ब्याण्ड, आराधना टिमहरुसंगको सहकार्यमा Psalms Unplugged टिमले आफ्नो प्रोजेक्टहरु गर्ने गरिरहेको छ । यसरि बिगत ३ वर्षदेखि नेपालि भजन र कोरसहरुलाई भिडियोसहित युटुबमार्फत प्रस्तुत गरिरहेको यस टिमले हालसम्म १५ वटा भिडियोहरु निकालिसकेको छ । र यसरि नै आउंदो वर्षहरुमा आफ्नो दर्शनअनुसार कार्यहरु गर्नको लागि यस सांगितिक कार्यक्रमको आयोजना गर्न लागिएको हो जसबाट उठेको सम्पुर्ण रकम आगामि प्रोजेक्टहरुको निम्ति खर्च गरिनेछ । आफ्नो नयां योजनाहरुबारे पनि त्यसै दिन बताउने योजना टिमको रहेको छ ।

मिती: २०७६ – ०९ – १९
स्थान: हेब्जिबा हल, बालकुमारि
समय: ठिक ३ बजे
टिकट मुल्य: रु २००

RSVP: https://www.facebook.com/events/2632106410236907/

Facebook Comments
SHARE
Previous articleक्यारोल