नेपाली ख्रीष्टियन चलचित्र फेस्टिवल २०७६

डुलस मिडियाले ललितपुर मलको एक होटलमा पत्रकार सम्मेलन गरि नेपाली ख्रीष्टियन चलचित्र फेस्टिवल कार्यक्रम सम्बन्धी जानकारीको कार्यक्रम सम्पन्न गरेको छ । डुलस मिडियाका निर्देशक रविन गुरुङले सो फेस्टिवलको बारेमा विस्तृत जानकारी गराउनु भएको थियो । आउँदो ७ भदै २०७६ (२४ अगष्ट २०१९) सालमा सो कार्यक्रम हुनेछ । सो दिनमा सट चलचित्रको शो लगायत विभिन्न कार्यक्रमहरु हुनेछ । फेस्टिबलका प्रथम बिजेताका लागि ३० हजार नगद, अर्वाड र प्रमाणपत्र, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार, अवार्ड र प्रमाणपत्र छ भने भोटिङ मार्फत सर्वधारणको रोजाईका लागि एउटा अवार्ड दिइने आयोजकले बताएको छ । फारम भर्ने अन्तिम मिति साउन ३० गते सम्म खुल्ला गरिएको छ ।

अधिक जानकारी तलको पोस्टरमा हेर्नुहोला ।

RSVP https://www.facebook.com/events/667341473732727/?active_tab=about

Facebook Comments