बिज्ञापन गर्नुहोस्

जयमसिह !

स्थापनाको समय देखी नै युथ सर्कल समुहले बिभिन्न आधुनिक संचार माध्यम जस्तै वेब म्यागजिन, फेसबूक, यूट्युब, इत्यादी द्वारा ख्रीष्टलाई चिनाउने प्रयत्न गर्दै आईरहेको छ । बिगत केही बर्षदेखी यो समुहले शर्ट मुभि र अनलाईन रेडियोबाट सुसमाचारको काममा केही भएपनि ईटा थप्ने काम गर्दै आईरहेको छ । हाल आएर नेपाली ख्रीष्टिय भजन र नेपाली बाइबल एप निर्माण गरेर मोबाइल तथा ट्याब्लेटमा दुबै पुस्तकहरु सजिलै हेर्न मिल्ने सुबिधा उपलब्ध गराएको छ । नेपाली ख्रीष्टिय समुदायको मागलाई ध्यानमा राखेर यि एपहरुलाई समय समयमा परिमार्जन गर्ने र नयाँ सुबिधा थप्दै लैजाने सोंच युथ सर्कल समुहको छ । यि एपहरुलाई राम्रोसँग परिमार्जन गर्न र हरेक समय प्रयोगकर्ताहरुलाई उपलब्ध गराउन, वेब/रेडियो होस्टिङ सर्भर किन्न तथा अन्य प्राबिधिक खर्चहरु तिर्न निश्चित रकमको खाँचो पर्ने गर्दछ । यो आवश्यकतालाई पुरा गर्न तपाईंको संघ/संस्था, मण्डली तथा समुहको बिभिन्न बिज्ञापनहरु युथ सर्कल समुहलाई दिएर सहयोग गर्न सक्नुहुन्छ । वेब म्यागजिन, फेसबूक र बिशेष गरी मोबाइल एप मार्फत तपाईंको ब्यवसाय, उत्पादन, एल्बम, भिडियो, सुचना, बिज्ञापन, आदी सामाग्रीहरुको प्रचार गर्न युथ सर्कल समुहले सुपथ मुल्यमा सहयोग गर्नेछ ।

अधिक जानकारी तथा सुझाबको लागि हामीलाई info@youthcircle.org मा ईमेल गर्न सक्नुहुनेछ वा संपर्क फर्मको लागि यहाँ क्लिक गर्नुहोस् । साथै अन्य सेवाको जानकारी प्राप्त गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

धन्यवाद ।