यही चैत्र १५ गते अथार्त मार्च २९ तारिख शनिबारका दिन हेप्जीवाह व्यान्डले आफ्नो १५औँ वर्ष गाँठको अवसरमा काठमाडौँ कमलादी स्थित “नेपाल प्रज्ञा प्रतिष्ठान”मा एक भव्य कन्सर्टको आयोजना गरेको छ । १५०० भन्दा बढी युवाहरुको उपस्थिति रहेको उक्त कन्सर्टमा “हामी प्रार्थना गर्छौं…” बोलको गीत गाएर कार्यक्रमको सुरुवात गरेका थिए । निकै उत्साहित देखिएका फ्यानहरु हेप्जीवाहको “हल्लेलुयाह…, मैले निश्चय गरें…, रुनेहरु धेरै छन…, मिष्टर मानबहादुर…” जस्ता थुप्रै गीतहरुमा कति पल्ट भावनामा बग्दै थिए त कति पल्ट उफ्रदै, रमाउँदै थिए ।
हेप्जीवाहको प्रस्तुति अघि सबैलाई एउटा वार्निड्ड दिइएको थियो –“Do not forget to enjoy in Christ”। यसले गर्दा पनि कन्सर्टमा केही हदसम्म सबैलाई नियन्त्रित हुन सघाएको थियो र सबै प्रभुको महिमामा रमाउँदै थिए । प्रस्तुतिकै क्रममा नेपाल बाल शिक्षा संगतिका राष्ट्रिय निर्देशक एवम हेप्जीवाहका संरक्षक समेत रहनु भएका रेभ.पा. एलिया प्रधानले रोमीको पुस्तक बाट निकै चाखलाग्दो सन्देश दिनुभयो । सन्देशमा भनिएको थियो–परमेश्वरले नेपालमा पनि सुसमाचारको ढोका खोलिएको र हेप्जिवाह संगित समुह पनि संगितद्वारा सुसमाचार सुनाउने अभियानमा विगत १५ वर्ष देखि सक्रिय रहँदै आएको बताउनुभयो । कार्यक्रमको विचमा आफ्नो नजिकको गैर–इसाई साथीलाई सुसमाचार सुनाउने सजिलो उपायको प्रयोग गरिएको थियो । प्रत्येकले आ–आफ्नो मोवाइलबाट “Jesus Loves You” लेखेर नजिकको गैर–इसाइ साथीलाई पठाउनु पर्ने थियो । अधिकांशले सो गरे पनि । यस प्रकारले कन्सर्टको विचमा पनि सहभागीले आफ्ना गैर–इसाइ साथीहरुलाई सुसमाचार सुनाउन सके । व्याण्डको चौंथो एल्बम चाँडै नै बजारमा आँउदैछ । हेप्जीवाह व्यान्ड (“जस संग म खुशी छु” – यशैया ६२:४) बिस २०५५ मा नेपाली जवानहरुलाई संगीतद्वारा परमेश्वरको नजीक लैजाने उदेश्यले स्थापित भएको थियो । यस व्यान्डले आज सम्म तीन एल्वम र दुई कन्सर्टका डि.वी.डि हरु निकालि सकेका छन् । परमेश्वरलाई पहिलो स्थान दिंदै यस व्यान्डले आजको समयसम्म नेपाली भाषा बोल्ने क्षेत्रहरु जस्तै नेपाल, सिक्कीम, दार्जलीङ्ग, कालिङ्गपुङ, सिलगुडी, आसाम लगायत विभिन्न ठाँउहरुमा आफ्ना प्रस्तुतीहरु दिइसकेका छन् ।