हृदयको सुरक्षा

सबै कुराभन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो। -हितोपदेश ४:२३

जब म दश वर्षको थिए, म झन्डै मर्ने अवस्थामा पुगेको थिएँ। एकदमै गंभीर भाइरल संक्रमनले मेरो मुटुमा कहिल्यै नमेटिने दाग बनायो। जब म ठुली भए मेरो मुटुमा विभिन्न प्रकारले चोट पर्‍यो। बाल यौन शोषणले गर्दा म आत्तिएको, एक्लो र लज्जित अवस्थामा थिए। यसको सबै परिणामहरुले पनि धेरै दागहरु मेरो जीवनमा छोड्यो।

हामी कोशिस गर्छौ:

हाम्रो हृदय एउटा अनमोल अङ्ग हो। विभिन्न भौतिक तथा आत्मिक साधनहरुले यसलाई हाम्रो जीवनको केन्द्रविन्दू बनाउँछ। हृदय एकदमै सजिलो तरिकाले नष्ट हुन्छ, किल्चिन्छ र टुक्रिन्छ। हाम्रो आफ्नै अनुभवबाट हाम्रो हृदय फेरी कहिल्यै नदुखाउने भनि संकल्प गदर्छौँ।

सानो बेला हामी हाम्रो हृदयलाई अन्धकारको भयबाट बचाउने कोसिस गर्छौ। जवान अवस्थामा कसैले त्यसलाई चोट नपुर्याओस भनेर बचाउने कोसिस गर्छौ। वैवाहिक जीवनमा यसले हाम्रो पति वा पत्नीको आराधना नगरोस् भनेर यसलाई बचाउने कोसिस गर्छौ।

असहाय:

दुखाइबाट जोगिन हामी सक्दो कोसिस गर्छौ। चोट र पापलाई किनारमा राख्न हामी हृदयलाई नियन्त्रण गर्छौ अथवा सुरक्षित राख्न खोज्छौ र त्यसको वरिपरि पर्खाल बनाउँछौ। यदि हामी बढी सावधान, चेतनशील वा मेहेनती भयौ भने आफ्नो हृदयलाई हामीले पाप र शैतानबाट बचाउन सक्छौं।

वास्तवमा, हाम्रो भौतिक हृदयको सुरक्षा गरेजस्तै हाम्रो हृदयलाई आत्मिक रुपमा सुरक्षा दिन हामी सफल हुदैँनौं। हामी आफ्नै हृदयलाई सुरक्षित बनाउन असक्षम छौं।

परमेश्वरबाटको रक्षा नै सबैभन्दा राम्रो सुरक्षा हो:

विडम्बनाको कुरा, हामी जहिले पनि लुकेर बस्नुपर्ने हुन्छ। क्रुसको छायाँमा आश्रय लिदाँ हामीले हाम्रो हृदयको लागि साँचो र चरम सुरक्षा भेट्टाउँछौं। ख्रीष्टको पवित्रतामा डुब्दा हामीले हाम्रो पाप ढाकिएको पाउँछौं र उहाँको अनमोल छोराछोरीको रुपमा एउटा नयाँ पहिचान पाउँछौं।

  • परमेश्वर हाम्रो- चिकित्सक: उहाँको उत्तम समयमा उहाँले हाम्रो चोट निको पार्नुहुन्छ।
  • परमेश्वर हाम्रो- रक्षक: उहाँले हाम्रो पहिचान र शुद्धताको रक्षा गर्नुहुन्छ।
  • परमेश्वर हाम्रो- उद्धारक: उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ र खरानीको कुरुपतालाई मुक्तिको सुन्दरतामा रुपान्तरण गर्नुहुन्छ।

हृदयलाई प्रशिक्षण दिनु:

जब हामी नियन्त्रणलाई गुमाउछौ र सुरक्षाको लागि नम्रताको साथ परमेश्वरमा भरोसा राख्छौँ तब हाम्रो हृदयलाई प्रशिक्षण दिनु हाम्रो जिम्मेवारी हुन्छ। जसरी हाम्रो शरीरलाई स्वस्थ राख्न व्ययाम गर्नु बुद्धिमानी हुन्छ त्यसरी नै आत्मिकि अनुशासनले हाम्रो हृदयलाई परमेश्वर जस्तै बनाउनको लागि बलियो पार्छ। हाम्रो हृदयलाई सर्तक राख्नु भनेको हामीलेः

  • हाम्रो जीवन परमेश्वरलाई परिभाषित गर्न दिनु पर्छ: एउटा व्यक्तिलाई परमेश्वर र उसको सम्बन्धबाहेक अरु कुनै सम्बन्धले परिभाषित गर्न सक्दैन।
  • परमेश्वरको भय मान्नु पर्छ: जसले परमेश्वरको भय मान्छ उसले आफ्नो हृदय सबभन्दा सुरक्षित ठाउँमा राखेको हुन्छ।
  • झुठा को सामना गर्नु पर्छ: सत्यलाई विश्वास गर्नु पर्छ

तिमी परमेश्वरबाट त्यागिएका छैनौ। तिम्रो पाप परमेश्वरको लागि त्यति ठुलो छैन। तिमीले उहाँको विरुद्धमा धेरै पाप गरेता पनि उहाँले तिमीलाई प्रेम गर्नु हुन्छ। हो, उहाँले तिम्रो पापहरु क्षमा गर्नुहुन्छ र तिम्रो उद्धार गर्नु हुन्छ।

परमेश्वरको वचनमा तिम्रो निम्ति उहाँको प्रतिज्ञाहरु जान, उहाँनै तिम्रो हृदयको परम रक्षक हुनुहुन्छ।

Original author of this article is Jen Smidt.
http://theresurgence.com/authors/jennifer-smidt

Facebook Comments