सलोमि लेप्चा तिमोथी गिति साँझका केहि झलकहरू

एकता सांगितिक परिवारको पच्चिसौं बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित गायिका सलोमि लेप्चा तिमोथिको गिति साँझ गत शनिबार कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा सुसम्पन्न भएको छ। कार्यक्रममा गायिका लेप्चाले आफ्ना दशभन्दा बढि गितहरू प्रस्तुत गर्नुभएको थियो। सोहि अवसरमा एकता सांगितिक परिवारको ४०औं र ४१औं गिति एल्बम पनि विमोचन भएको थियो। रचनाकार रामचन्द्र तिमोथिको “अर्पण” र एकता सांगितिक परिवारको २५औं बार्षिकोत्सव   बिशेष कलेक्सन (अहिलेसम्म रिलिज भएका सम्पूर्ण एल्बमहरूको संकलन) एल्बमको बिमोचन बरिष्ठ संगितकार एवंम साहित्यकार लोकनाथ मनेनज्युले गर्नुभएको थियो। उक्त समारोहमा एकता सांगितिक परिवारले ईसाई सांगितिक र साहित्यिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्याईरहनु भएका लोकनाथ मनेनज्युलाई बिशेष सम्मान प्रदान गरेको थियो। साथै एकता सांगितिक परिवारमा रहि स्थापना कालदेखि नै सहयोग गर्दै आउनुभएका संगितकारहरूलाई एकता सांगितिक परिवारका संयोजक तथा बरिष्ठ संगितकार नोएल फिपनज्युको बाहुलिबाट सम्मान गरिएको थियो। कार्यक्रमबाट उठेको सम्पूर्ण रकम एक वृध्दाश्रम सहयोगार्थ दिईएको थियो।

Photo Source: Facebook Post of Noel Phippon

Facebook Comments