“जिउने रहर” ख्रिष्टियन निश्चयताबारेको नयाँ गित सार्वजनिक

गायक बिरेन ताम्राकारको शब्द, संगित र स्वरमा रहेको “जिउने रहर” बोलको नयाँ गित युट्युबमा सार्वजनिक भएको छ। उहाँ युथ विथ अ मिसन (YWAM) मा मिसिनेरिको रूपमा सेवा गरिरहनुभएको छ। सन् २०१६ मा मिसन आउटरिचमा रहँदा देखेको र भोगेको (सतावट, त्रास, अन्योलता र निराशाका) परिस्थितिहरूमा उक्त गितको सिर्जना भएको गायक बताउँछन्। परमेश्वरमा आशा राख्न र उहाँको वचनमा भर परि निरन्तर अघि बढ्न उत्साह दिने सन्देश उक्त गितले दिंदछ। उक्त गितको एरेन्ज, मिक्सिंग, मास्टरिंग र भिडियोको सम्पुर्ण कार्य काईरोस प्रोडक्सनका इभान कुँवर रानाले गरेका हुन्।

Facebook Comments