‘अर्को पुस्तालाई चुनौति’ विषयमा युवा सम्मेलन सम्पन्न

चितवन- चैत्र १४, ग्लोबल मिसन नेपाल चर्चले आयोजना गरेको ‘अर्को पुस्तालाई चुनौति’ विषयमा युवा सम्मेलन सौराहा चितवनमा सम्पन्न भएको छ। नेपालभरीका ८० वटा ग्लोबल मिसन नेपाल चर्चका युवा तथा पास्टरहरूको उपस्थितिमा युवा सम्मेलन सम्पन्न भएको छ। नेपालका ७ वटै प्रदेशका चर्चहरूबाट लगभग ४०० युवाहरूको सहभागिता रहेको थियो। तीन दिनसम्म भएको युवा सम्मेलनमा युवाहरूले सेवाको क्षेत्रमा अर्थात मिसनको लागि तयार हुने विषयमा सिकेर उत्साहित भएका छन्। सम्मेलनमा विभिन्न वक्ताहरू टिम, बो लिन्डेन लगायत समूहले उक्त विषयमा बोलेको कुरा ग्लोबल मिसन नेपालका अध्यक्ष पास्टर दान पोखरेलले जानकारी गराउनुभएको छ । पास्टर दान आफैले पनि सम्मेलनमा बोल्नुभएको थियो। चैत्र १० देखि १२ गतेसम्म भएको सम्मेलन उत्साहजनक भएको र केही युवाहरू अब नयाँ स्थानहरूमा सेवा गर्न उत्साहित भएको कुरा आफ्नो प्रतिबद्धता पनि जनाएका छन् ।
सोही अवसरमा ग्लोबल मिसन नेपाल चर्चमा सेवा पुर्‍याउदै आएका १९ जना अगुवाहरूलाई ग्लोबल मिसन नेपाल चर्चले पास्टरको रूपमा अभिषेक गरेको छ ।
ग्लोबल मिसन नेपालको पहिलो प्राथामिकता विश्वासीहरू वा सदस्यहरू रहेकोले मण्डलीलाई बलियो बनाउदै, सेवा पुर्‍याउँदै र विस्तार गर्दै जानेकुरामा मण्डलीले प्रार्थना गर्दै अगाडि बढेको कुरा पास्टर पोखरेलले जानकारी गराउनु भएको छ ।

Facebook Comments