नयाँ इसाई चलचित्र “निर्णय” को सार्वजनिक प्रदर्शन

निर्देशक रविन गुरुङद्वारा निर्देशन गरिएको इसाई चलचित्र निर्णयको प्रिमियर शो पछि सार्वजनीक सो पनि विभिन्न ठाउँहरुमा चलिरहेको छ । यही क्रममा बैशाख ७ गते काठमाण्डौको प्रकाश मण्डलीमा भव्य प्रदर्शन रहेको उक्त दिन दुइवटा शो गरिएको थियो । साथमा फिल्म हेर्न आउने दर्शकहरुको लागि स्थानिय चर्चको जवानहरुले खाने कुराहरुको स्टल पनि राखेका थिए । यो चलचित्र कतिपय दर्शकहरुको जिवनसँग मेल खाएको कुरा त्यस ठाउँमा सुनिएको थियो । ए.एम.आई. का प्रिन्सिपल श्याम श्रेष्ठले फिल्म हेरेपछि धेरै राम्रो र गुणस्तरिय रहेको पनि जानकारी दिनुभयो साथै उहाँकै नेतृत्वमा चाँडै नै काठमाण्डौको स्वयंभूका गैर इसाईहरु लाई पनि चलचित्र प्रदर्शन गरिने भएको छ । आगामी बैशाख २८ गते चैनपुर, जेष्ठ ११ गते पोखरा, १५ गते सर्लाही र हेटौडा बजार र मनहरी लगायत देशको बिभिन्न ठाउँमा सार्वजनिक प्रदर्शन चाँडै नै हुन गइरहेको छ ।

Director Rabin Gurung
People watching movie
Director Rabin Gurung, Actor Sagar Shrestha with friends
Food stall after the show
Group photo with church youth
Facebook Comments