जागृतिको लागि कसरी प्रार्थना गर्ने?

जागृति स्‍वर्गिय वरदान हो। हामी यसको लागि काम गर्दैनौ, परमेश्‍वरले नै यो माथि स्‍वर्गबाट तल पठाउनु हुन्छ।

जोनाथन एडवर्ड्सले जब आफ्नो मण्डलीमा जागृतिको बारेमा बताएका थिए, उनले ‘आश्चर्यजनक’, ‘असाधारण’, जस्ता शब्दको प्रयोग गर्न परेको थियो। शुरुको मण्डलीको बारेमा बाइबलमा भनिएको छ , “हरेकको हृदयमा भय उत्‍पन्‍न भयो, र प्रेरितहरूद्वारा धेरै अचम्‍मका काम र चिन्‍हहरू भए” (प्रेरित २: ४३)। हाम्रो आराधना सेवाहरुमा यि कुराहरु हामी आफ्नै बलमा गर्न सक्दैनौ तर “पवित्र आत्मा हरेकको हृदयमा आउन सक्नु हुन्छ”।

जागृति परमेश्‍वरबाट आउँछ र यसको लागि हामीले प्रार्थना गर्नपर्छ। कसरी?

यशैया ६३:१५ – ६४:१२ मा जागृतिको लागि कसरी प्रार्थना गर्ने भनेर हामीलाई बाइबलले सिकाएको छ।

परमेश्‍वरको प्रेमको तिर्खा

“स्‍वर्गबाट हेर्नुहोस्‌, र आफ्‍नो उच्‍च र पवित्र र महिमित सिंहासनबाट तल दृष्‍टि गर्नुहोस्‌। तपाईंको जोश र शक्ति कहाँ गए? तपाईंको नम्रता र करुणा हामीबाट खोसिएका छन्‌।” (यशैया ६३:१५)

“परमेश्‍वर पिता तपाईको हृदय हामीप्रति कृपाले भरिएको छ तर तपाईले त्यसलाई रोकिराख्‍नु भएको छ। हामीलाई ज्यादा भन्दा ज्यदा गरेर तपाईको खाचोँ छ।” भनेर यशैया परमेश्‍वरसँग पुकारा गरिरहेका छन्। हामीप्रति रहेको पिताको प्रशस्तताको प्रेमको लागि हामी प्रार्थना गर्न सक्छौ।

हृदयको कठोरताको लागि बिलाप

“हे परमप्रभु, तपाईंको मार्गबाट किन हामीलाई बरालिने तुल्‍याउनुहुन्‍छ, र तपाईंलाई सम्‍मान गर्नदेखि हाम्रो हृदयलाई किन कठोर पार्नुहुन्‍छ?”(यशैया ६३: १७)

यशैया, हाम्रो पापको दोष परमेश्‍वरलाई दिइरहेका छैनन् तर परमेश्‍वरले हामीलाई पाप माथि विजय तुल्याउन सक्नुहुन्छ भनि भनिरहेका छन्। कतिपय समयमा हामी आफ्नै बलमा पाप माथि विजय हुनसक्छौ भनि सोच्छौ तर यो त्यति सजिलो हुदैन। जब हामी त्यसमा फस्छौ, हामी परमेश्‍वरलाई छुटकाराको लागि पुकारा गर्न सक्छौ : “तपाईंका दासहरूका खातिर फर्कनुहोस्‌” (६३:१७)

परमेश्‍वरको उपस्थितिको तृष्‍णा

“आकाश फटाएर तपाईं तल आउनुभए र तपाईंको सामुन्‍ने पर्वतहरू कामेका भए त हुनेथियो!” (६४:१)।

“उहाँले आकाशलाई पर्दाझैँ फिँजाउनुहुन्‍छ, अनि त्‍यसमा वास गर्नलाई पालझैँ त्‍यो फैलाउनुहुन्‍छ” (यशैया ४०:२२)। यशैया भन्छन, “परमेश्‍वरले त्यो पर्दा आफ्नो पराक्रमी हातमा लिएर, च्यातेर, शक्तिमा माथिबाट तल आउनसक्नुहुन्छ।”

“जब तपाईंले भयानक कामहरू गर्नुभयो, जो हामीले चिताएकै थिएनौं, तब तपाईं तल आउनुभयो, र पर्वतहरू तपाईंको उपस्‍थितिमा कामे” (६४:३)। हाम्रो परमेश्‍वर आश्‍चर्यले भरिपूर्ण हुनुहुन्छ। यसैकारण कुनै पनि परिस्‍थितिमा सम्झौता नगरौँ।

पापमय स्वाभावको लागि बिलाप

“तर जब हामीले तिनीहरूका विरुद्धमा पाप गर्दैरह्यौं तब तपाईं रिसाउनुभयो। कसरी हामीहरू बचाइन सक्‍छौं र?” (६४:५)।

यशैया, हाम्रो पापको दोष परमेश्‍वरलाई दिइरहेका छैनन् तर परमेश्‍वरले हामीलाई पाप माथि विजय तुल्याउन सक्नुहुन्छ भनि भनिरहेका छन्।

“हामी कहिल्यै पनि बदलि हुनेछैनौ, केहि कुरा पनि परिवर्तन हुनेछैन”, भनि सोच्नु सजिलो छ। तर आखिरमा, हामी हिजो मात्र त लडेको भन्‍ने कुरा होइन्। हामी परमेश्‍वरको विपरित चलेको लामो इतिहास छ, यो स्विकार गरौँ। आऊ हामी निर्बल छौ भनि स्विकार गरौँ र पापीहरुको मित्र- ख्रिष्‍टको सामु आफूलाई राखौ।

परमेश्‍वरको स्पर्शको तृष्‍णा

“हामी माटो हौं, र तपाईंचाहिँ कुमाले हुनुहुन्‍छ” (६४:८)।

यदि हामी माटो हौ र परमेश्‍वर कुमाले हुनुहुन्छ, यदि परमेश्‍वर हाम्रा प्रभु हुनुहुन्छ भने- किन प्रार्थना गर्ने त? किनकि हामी माटो हौ र उहाँ कुमाले हुनुहुन्छ, हामी उहाँको शक्तिमा निर्भर छौ। उहाँले हामीलाई छुनु हुन्छ र आफ्नो इच्छा अनुसार नयाँ गरि बनाउनुहुन्छ। हाम्रा कुनै पनि कुराले परमेश्‍वरलाई रोक्न सक्दैन्।

आखिरी आग्रह

“यी सबै कुरा भएपछि हे परमप्रभु, के तपाईं पछिपछि हट्‌नुहुन्‍छ? के तपाईं चूपचाप बसेर हामीलाई नापभन्‍दा ज्‍यादै सजाय दिनुहुन्‍छ?” (६४:१२)

ओहो! परमेश्‍वर हामीलाई असिमित महान् शक्तिमा भेट्न आउनुहुनेछ। हामीमा भएको कुनैपनि कुराले परमेश्‍वरलाई रोक्न सक्दैन। केवल परेमेश्‍वर आफैले आफुलाई नियन्त्रणमा राख्‍न सक्नुहुन्छ। यसैकारण, यस समयमा येशू ख्रिष्‍टको पवित्र नाम सिद्ध गरियोस् भनि हामी उहाँमा पुकारा गर्दछौ।

के तपाई बाइबलले सिकाए जस्तै गरी जागृतिको लागि प्रार्थना गर्न तयार हुनुहुन्छ?

Original author of this article is Ray Ortlund.
https://theresurgence.com/authors/ray-ortlund

Facebook Comments