स्वार्थी सँसारको मायाजालबाट उम्केर ‘प्राश्‍ना’ कसरी येशूको अँगालोमा पुग्छिन् ?

पुरा चलचित्र सहित

नेपाली इसाई चलचित्र ‘प्राश्‍ना’ अन्ततः यु–ट्युबमा रिलिज भएको छ । चलचित्रको निर्माण कार्य वर्ष २०७० साल भाद्रमा नै सम्पन्न गरिएको भएतापनि विविध कारणले यु–ट्युबमा रिलिज गर्न पाँच वर्ष लागेको हो ।

प्यासन मिडिया स्टुडियोको ब्यानरमा निर्मित चलचित्रलाई रविन गुरुङ्गले निर्देशन गरेका छन् साथै कथा लेखन अर्चना महर्जनको रहेको छ। चलचित्रको छायाँकन मच्छेनारायण श्रेष्ठको रहेको छ भने चलचित्र सम्पादन मेक ब. थापाको रहेको छ ।

चलिचित्रमा रोजिना केसी, सागर श्रेष्ठ, दिपक सुनार, एलिशा राई, सरिता लामा, रेनु भण्डारी, बिनोद कटवाल, रुविना छेत्री तथा आश्मा रानापहेली लगायतको अभिनय रहेको छ । साथै यो चलचित्रमा असिम इमान चाम्लिङको शब्द, स्वर र संगीत रहेको रोमान्टिक गीत ‘करार’ पनि समाबेश गरिएको छ ।

चलचित्र कथाको प्रमुख केन्द्रबिन्दु एक गरिब परिवारमा जन्मेकी ‘प्राश्‍ना’ हुन्छिन् । बढ्दो जवानीसँगै उनी एक युवकसँग प्रेममा फस्छिन्, तर उसलाई अर्को दोश्रो युवकले पनि एकतर्फी माया गरिराखेको हुन्छ, जुन कुरा प्राश्नालाई थाह हुँदैन । दोश्रो युवकले परिवारमा विवाह कुरा चलाउँछ, तर प्राश्‍नाले विवाहलाई इन्कार गर्छिन् र आफ्नो पहिलो प्रेमीलाई चाँडो विवाहको लागि आग्रह गर्छिन । उनको प्रेमीले तुरुन्त विवाह गर्न नसक्ने बताएपछि प्राश्‍नाले भीरबाट हाम फालेर आत्महत्या गर्ने प्रयास गर्छिन् र बाँकी रोचक कथा बुझ्न तपाईँहरुले चलिचित्र हेर्नैपर्ने हुन्छ ।

नेपाली इसाई चलचित्र ‘प्राश्‍ना’ यहाँ हेर्न सक्नुहुनेछः

Facebook Comments