अगापे स्टेरियो – नेपाली ख्रीष्टिय गीत संगीत सुन्न नयाँ एन्ड्रोइड एप

नेपाली ख्रीष्टिय समुदायमा लोकप्रिय रहेको एन्ड्रोइड एपहरु ‘नेपाली ख्रीष्टिय भजन’ र ‘नेपाली बाइबल’ बनाएको समुहले बिगत केही महिना अगाडि नयाँ एप अगापे स्टेरियो बजारमा ल्याएको छ । यो एप प्रयोग गरेर बिभिन्न नेपाली ख्रिष्टिय गीत संगीत तथा अन्य अडियो सामग्रीहरु सजिलै फोन वा ट्याब्लेटमा सुन्न सकिन्छ । अगापे स्टेरियोको वेब भर्सन भने एक बर्ष अगाडि नै सन्चालनमा आएको हो । हाल सम्म अगापे स्टेरियोको संगीत भन्डारमा लगभग ३५ गायक तथा संगीतकारहरुको ४५ एल्बमहरु समाबेश गरिएको छ जस मध्य लोकप्रिय संगीतकार, गायक तथा ब्याण्डहरु रहेका छन् । यसमा हरेक दिन नयाँ गीत तथा एल्बम थप्ने क्रम जारी छ ।

आउँदो दिनहरुमा अगापे स्टेरियोमा धेरै भन्दा धेरै नेपाली ख्रीष्टिय गीत तथा सामग्रीहरु थप्दै जाने र निश्चित प्ले सँख्या पुगेको गीतको कलाकारहरुलाई रोयल्टी पनि दिने योजना एप निर्माण समुहको रहेको छ । अगापे स्टेरियोमा आफ्नो एल्बम अनलाईन उपलब्ध गराउनको लागि फेसबूक पेज (facebook.com/agapestereo) अथवा ईमेल info@agapestereo.com मार्फत सम्पर्क गर्न सक्नु हुन्छ ।

अगापे स्टेरियो तपाईंको कम्प्युटरमा सुन्नको लागि http://agapestereo.com मा जानुहोस् र तपाईंको एन्ड्रोइड फोनमा एप इन्स्टल गर्नको लागि http://agapestereo.com/app मा जान सक्नु हुन्छ । यो एपको iOS संस्करण पनि छिट्टै ल्याउने तयारी भइरहेको छ र अहिलेको लागि एपल डिभाइसको वेब ब्राउजरमा http://agapestereo.com ब्राउज गरी सजिलै गीत संगीत सुन्न सकिन्छ ।

Facebook Comments