Youth Circle

प्रार्थना अभियानले गर्यो बृहत सामाजिक कामहरु

बृक्षारोपण, फलफुल वितरण सहितका सामाजिक कामहरु सम्पन्न नेपालको लागी चालिस दिने बिश्वब्यापी प्रार्थना अभियान आयोजक समितिले यहि जेठ ४ गते काठमाडौंमा बृक्षारोपण, सरसफाई, जनचेतना तथा बिरामीहरूको निम्ति फलफुल बितरण कार्यक्रम सम्पन्न गरेको छ । जस अन्तर्गत खुल्लामञ्च र रत्नपार्क क्षेत्रमा बृहत सरसफाई गरिएको छ । काठमाडौं महानगरपालिकासँग अनुमति लिएर सुन्दर नेपाल सरसफाई अभियानसँगको बिशेष साझेदारीमा गरिएको यस कार्यक्रममा विभिन्न मण्डलीका थुप्रै महिला/पुरुषहरुको सहभागिता रहेको थियो । त्यस्तै वृक्षारोपण कार्यक्रम अन्तर्गत खुल्लामञ्चको वरिपरी चारैतिर १ सय भन्दा बढी कपुरको बिरुवाहरु लगाइएको छ । काठमाडौं महानगरपालिकाले ति बिरुवाहरुको हेरचाहको निम्ति सकेको सहयोग गर्ने प्रतिबद्दता जनाएको छ । साथै विभिन्न मण्डलीका सदस्यहरुले पनि आफुँहरुले नियमित हेरचाह गर्ने बताएका छन् ।

कार्यक्रममा सहभागी जवानहरुको समुहले माइकिङ्ग तथा पर्चा वितरण गर्दै सरसफाई सम्बन्धि जनचेतना कार्यक्रम पनि गरेको छ । खुल्लामञ्चबाट सुरु भएको जनचेतना र्याली रत्नपार्क, पुरानो बसपार्क, सुन्धारा हुँदै फेरि खुल्लामञ्चमै पुगेर समापन भएको थियो । त्यस्तै बीर अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । अस्पतालको विभिन्न वार्डमा रहेका बिरामीहरुलाई एक हजार भन्दा बढी फलफूलका पोकाहरु वितरण गरिएको छ । बैसाख १७ गते ललितपुरको धोबिघाटमा रहेको नेपाली इसाई मण्डली ललितपुर चर्चमा उद्घाटन गरिएको यस चालिस दिने अभियान आउने जेठ २५ गते समापन हुने बताइएको छ ।

Facebook Comments