जवान आत्मिक जागृति संगती

बाँके। गोस्पल ऐसेम्बली चर्च नेपालको आयोजनामा सन्चालित दुई दिवसीय जवानका लागि आत्मिक जागृति संगती भाद्र १९ गते सम्पन्न भएको छ।

देशको वर्तमान परिस्थितिमा जवानहरुले खेल्नुपर्ने भूमिका र अनुशासित जीवन निर्वाह गर्नका लागि के कस्ता कुरामा ध्यान पुर् याउन सकिन्छ जस्ता बिषयमा संगती भएको थियो। संगतीमा पवित्र बाइबलबाट ईश्वरको वचन पाठ गरिएको थियो र नेपाल राष्ट्रको निम्ति प्रार्थना गरिएको थियो।

जवानहरुले बिभिन्न भजन-कोरस गाउनुका साथै नाटक पनि प्रस्तुत गरेका थिए। संगतीमा इङ्लेण्डका पास्टर हुशेन र गोस्पल एसेम्बली चर्च नेपालका जुनियर पास्टर विकास बसेलले प्रवचन दिनु भएको थियो। संगतीमा दाङ, कपिलबस्तु, बर्दिया र बाँकेका ख्रीष्टीयन जवानहरुको सहभागिता रहेको थियो। संगती ३ दिनका लागि सन्चालन गर्ने योजना भएपनि बन्दका कारण दुई दिन मात्र साचालन भएको थियो।

संगतीबाट जवानहरुले आफुमा जागृत पैदा भएको सुनाए। “संसार अहिले धन सुन्दरता र मोजमजामा फसिरहेको छ। यस्तो अवस्थामा कसरी एक अनुशासित र पवित्र जीवन जिउने भनेर मेरो मनमा जागृत पैदा भएको छ। वास्तवमा यस प्रकारको संगती हरेक जवानका लागि आवश्यक छ।” सहभागी चन्द्रलाल घर्तीले बताए।




Facebook Comments