फेरि चम्किदै इसाई गायन ताराहरु (Photo Gallery)

मण्डलीमा लुकेर रहेका प्रतिभाहरुलाई उत्साह र हौसला प्रदान गरि परमेश्वरको महिमामय सेवाकाईमा अगाडी बढाउने उद्देश्यले इसाई गायन प्रतिभाको खोजी अन्तर्गत “नेपाल चर्च स्टार -२” गत शनिबार भाद्र ८ गते ललितपुर स्थित दाखबारी चर्च नख्खुदोबाटोमा उत्साह पूर्वक सम्पन्न भएको छ। पास्टर राजेश मगरको प्रार्थना सहित सुरु भएको उक्त प्रतियोगितामा ३६ जना नव इसाई गायक गायिकाहरुले भाग लिएका थिए। गत बर्षको तुलनामा निकै राम्रा नव कलाकारहरु सहभागी भएको यसपालिको चर्च स्टार प्रतियोगितामा निर्णायकको मुख्य भूमिकामा इसाई क्षेत्रका संगीतकार, एरेन्जर तथा गायक नोयल फिप्पन, आमोश तामांग, संगीतकार गगन सुब्बा, गत बर्षका चर्च स्टार गायक आकाश श्रेष्ठ साथै अतिथि निर्णायकमा संगीतकार तथा चलचित्र निर्देशक अरुण जुङ्ग शाही रहनु भएको थियो। बिशाल गुरुङ र कुमार अब्राहमले संयुक्त रुपमा संचालन गरेको उक्त प्रतियोगितामा २० जना प्रतिस्प्रर्धिले पहिलो चरण पार गरेका छन्। बाँकी छुटेका र फेरि सहभागी हुन चाहने प्रतिस्पर्धीहरुलाई ध्यानमा राखी पहिले चरण अन्तर्गतनै पुन: अर्को अडिसन यहि भाद्र २९ गते शनिबार दिउसो २:०० बजे ललितपुर स्थित दाखबारी चर्च नख्खुदोबाटोमा नै आयोजना हुने कुरा आयोजक स्रोतले जनाएको छ। स्रोतका अनुसार सबै प्रतिस्पर्धीहरुबाट छनौट चरणमा छैटौं चरणमा जम्मा ८० जना, पाचौं चरणमा ४०, चौंथो चरणमा २० जना, तेस्रो चरणमा १० जना,दोस्रो चरणमा ५ जना र पहिलो तथा फाइनल, पहिलो चरणमा पहिलो दोस्रो र तेस्रो गरि टप ३ चर्च स्टार छनौट गरिने आयोजक स्रोतले जानकारी गराएको छ। गत बर्षको चर्च स्टारमा प्रथम आकाश श्रेष्ठ, दोस्रो लक्ष्मी बि.क. र तेस्रोमा राजिब राई चर्च स्टार २०६९ का बिजेता बन्न सफल भएका थिए। यस बर्षको चर्च स्टार को बन्ने हो? सबैको चासोको बिषय बनि रहेकोछ।

Facebook Comments