इजरायलकाे लागि विश्वभरका क्रिश्चियन समुदाय भन्दा विश्वमा कुनै राम्रो मित्र छैन: प्रधानमन्त्री बेन्जामीन नेतान्येहु

असोज ३०, इजरायल । इजरायलको राजधानी जेरुशलेममा सुरू भएकाे “ख्रीष्टियन मिडिया सम्मेलन” काे उद्घाटन कार्यक्रममा प्रधानमन्त्री बेन्जामीन नेत्यानेहुले सम्बाेधन गर्नुभएकाे छ । सम्बाेधनकाे क्रममा प्रधानमन्त्री नेत्यानेहुले भन्नुभयाे, “सबैलाई यहूदीहरूकाे अनन्त एकिकृत राजधानी येरूशलेममा स्वागत गर्न चाहन्छु।” उहाँले “हामी धार्मिक स्वतन्त्रताको लागि र पवित्र शहर मुक्त र एकताबद्ध भएकाे ५०अाैं वर्ष मनाउँदैछाैं । र तपाईं वरपर जहाँ हिंड्नु हुन्छ, तपाईं पवित्र स्थलहरूमा चाहे तपाईं चर्च जानुहुन्छ, अरु मस्जिदहरूमा जानुहुन्छ, र तपाईलाई थाहा छ यो नि:शुल्क शहर हो।इजरायलसँग राम्रो साथीहरू छैनन्, त्यसको अर्थ – इजरायलकाे लागि विश्वभरका क्रिश्चियन समुदायहरू भन्दा विश्वमा कुनै राम्रो मित्र छैन । र इजरायल एक विशाल क्षेत्र मा रहेकाे एउटा देश हो जहाँ क्रिश्चियन केवल जीवन जिउँदैनन् मात्र तर बलियाे पनि हुन्छन्” भन्नुभयाे ।

प्रधानमन्त्री नेत्यानेहुले क्रिश्चियन सञ्चारकर्मीहरूले धार्मिक स्वतन्त्रताकाे पक्षमा, इजरायलकाे इतिहास र तथ्य समाचार प्रसारण/प्रकाशनमा सहयाेग गरेकोमा धन्यवाद दिनुभएकाे छ । यस अभियानमा अाफु पनि सँगै खडा रहेकाे प्रतिकृया दिनुभयाे । उहाँले इजरायलकाे लोकतान्त्रिकताको बारेमा सत्य उजागर गरेकाेमा र इजरायलसँग सँगै उभिएकोमा धन्यवाद दिनुभयाे । सम्बाेधनकाे अन्तयमा उहाँले “इजरायल सरकार सबैप्रति गहिरो कृतज्ञता प्रकट गर्दछ”, भन्नुभयाे । सम्बाेधन लगत्तै प्रधानमन्त्रीले सञ्चारकर्मीहरूले साेधेका विभिन्न प्रश्नहरूकाे उत्तर दिनुभयाे । इजरायलको इतिहासमै पहिलोपल्ट आयोजन भएको अन्तरराष्ट्रिय ख्रीष्टियन मिडिया सम्मेलन सबैको चासोमा रहेको इजरायल राष्ट्र र ख्रीष्टियन समुदायवीचको सम्बन्धको विषयमा केन्द्रित छ । सम्मेलनकाे दाैरानमा इजरायली राष्ट्रपति रियुभेन रविलिन, विभिन्न मन्त्रीहरु र जेरुशलेम नगरपालिकाको मेयरसँग छुट्टाछुट्टै भेटघाट र अन्र्तक्रिया गर्ने कार्यक्रम छ । इजरायली सरकारले अायाेजना गरेकाे पहिलो अन्तर्राष्ट्रिय “ख्रीष्टियन मिडिया सम्मेलन”मा भाग लिन विश्वभरका ७० वटा ख्रीष्टियन मिडिया संगठनका प्रतिनिधिहरू, १४० जना टेलिभिजन, रेडियो तथा पत्रपत्रिकामा कार्यरत श्रमजीवि पत्रकारहरु इजरायलमा छन् । सम्मेलन अक्टोबर १८ तारिखसम्म चल्नेछ । सम्मेलनमा भाग लिन इजरायल सरकारको निमन्त्रणामा जनता टेलिभजिनका सञ्चारकर्मी एवं जायोन मिडियाका प्रबन्ध निर्देशक प्रकाश विशुन्के नेपालको प्रतिनिधित्व गर्दै सभामा भाग लिँदै हुनुहुन्छ ।

Facebook Comments