४० दिने विश्वव्यापी प्रार्थना अभियान २०७३ सम्पन्न हुने

४० दिने विश्वव्यापी प्रार्थना अभियान अन्तर्गत यस वर्षको राष्ट्रव्यापी ४० दिने उपवास प्रार्थना यही चैत्र २४ गते बाट सुरू हुने भएको छ । विश्वव्यापी प्रार्थना अभियानकाे उद्घाटन ललितपुरकाे धाेवीघाट स्थित नेपाली ईसाई मण्डलीमा विहान ७ बजे हुने छ । साेही मण्डलीमा प्रत्येक शुक्रबार नेपालकाे लागि संयुक्त प्रार्थना सभा हुनेछ । नेपाली ख्रीष्टियान समुदायद्वारा अायाेजित ४० दिने उपवास प्रार्थना अभियान चैत्र २४ गते सुरू भएर जेठ २ गते सम्म चल्ने छ । नेपाल देशकाे शान्ति, समृद्धि र सु-शासनकाे लागि ४० दिने विश्वव्यापी प्रार्थना अभियान चलाइएकाे अायाेजककाे भनाई छ ।

“नेपालकाे लागि प्रार्थना गराैं, राष्ट्रकाे चाैतर्फी विकास तथा रूपान्तरणमा सहभागी बनाैं “ भन्ने नारा संगै यस वर्षकाे प्रार्थना अभियान सुरू हुन लागेकाे छ । अभियानले नेपालका सम्पुर्ण जिल्लाहरूमा विभिन्न प्रार्थनाका राष्ट्रव्यापी कार्यक्रमहरूकाे अायाेजना गरेर सबैलाई सहभागी गराउन पनि अनुराेध गरेकाे छ । नेपाली ख्रीष्टियान समुदायले हरेक वर्षमा यो प्रार्थना अभियान संचालन गर्दै आएको छ ।

Facebook Comments