मान्छे नयाँ सृस्‍टि बन्नसक्छ – तेजमान लामा

मेरो नाम तेजमान लामा हो। चालीस वर्षको हाराहारीमा पुगेपछि म फेरी फर्केर मेरो जीवनलाई हेर्दैछु। मलाई छक्क लाग्छ मेरै स्वभावसँग। अब त धेरै बद्ली भएँ। तर एक समय म औधी रिसाहा थिएँ अनि झगडालुमा नम्बर वान। बौद्धका धेरै मानिस मसँग डराउँथे। डन अथवा दादा, भनेर मेरो नाउँमा तर्सिन्थे वा एक अर्कालाई तर्साउँथे। बाटोघाटोमा धक्कको कुरा नगरौ छिसिक्क छोयो भने मलाई पुग्थ्यो त्यो व्यक्तीमाथि हात उथाइहाल्थे। मलाई कसैले आँखा उठाएर अलिक बेर हेर्‍यो भने त्यही बाटोको त्यही ठाउँमा अशान्ती मच्चिहाल्थ्यो। मेरो यो झगडालु स्वभावको करणले कतिपय स्वार्थी मनिसहरुले मलाई प्रयोग गर्थे। उनीहरु आफ्नो रिस साँघ्न, बद्ला लिन मेरो सहारा लिन्थे। उनिहरुले देखाएको मान्छेलाई म पिटिदिन्थे। अहिले सम्झन्छु, मेरो स्वभाव कती निर्मम, मैले कुट्नु पर्ने व्यक्तिलाई कुनै कुरा नसोधी हात उठाउँथे। यस्तो व्यक्तिलाई राजनीतिक पार्टीले पनि मन पराउँछ भनी मलाई थाहा थिएन।

म कसैसंग नडराउने, सबै मसंग डराउने एक बदमास, स्वार्थी मानिस भए पनि म पूजा, दान, धर्मकर्ममा ठूलो आस्था राख्थे। विहान, विहानै नुहाएर प्रार्थना र ध्यानमा समय लगाउँथें। ध्यानमा बस्दा सबै धर्मका देवदेवताहरू सम्झन्थें। बुद्धिष्ट, हिन्दू, ख्रीष्टियान, मुस्लिम र साई सबै नै मेरो निम्ति बराबर थिएँ। सबै नै स्वर्ग पुर्‍याउने अलगअलग उपाय हुन् भन्ने मेरो विचार थियो पार्टी नेताको हैसियतले अनि आफ्नै भक्तिको कारणले पनि म गुम्बाहरूको मरमत, मूर्तिको मरमतमा निक्कै सक्रिय भएँ। यति मात्र होइन मानिसहरूले दान दिएको लाखौंलाख रूपियाँ हिनामिना गर्ने गुटलाई पनि मैले कार्वाही गरें। मानिसहरूको बीचमा उनीहरूको काला कर्तूत सार्वजनिक गरेपछि मैले बौद्धमार्गीहरू मित्रहरूबाट ठूलो समर्थन पाएँ। साथै शक्तिशाली गुटका मानिसहरूको सत्रुता पनि कमाएँ।

चाडपर्व, बुद्ध जयन्तीको उपलक्ष्यहरूमा मूर्ति बोकेर रथ यात्रा गर्नु, गराउनुमा म अघि हुन्थे। मेरो मान इज्जत समाजको अघि बढ्न लागेको थियो। राजा ज्ञानेन्द्रको शासन आएपछि पुराना भ्रष्ट गुटका मानिसहरू सक्रिय भए। उनीहरूले आफ्नो राजावादी चरित्र प्रदर्शन गरेर मलाई दिनसम्म दु:ख दिए। वयानको निम्ति सीडीआ कार्यलय, अख्तियार कार्यालय नियमित धाउनुपर्‍यो। मैले गुम्बामा सुनको छानु ओछ्याएको दिन सम्झें, चाँदीको ढोका, सुनचासँदीको मूर्ति बसाएको र निष्कलंक मनले गुम्बा, गुठीमा दिन, रात खटेको कुरा सम्झे। आफूले समालेको गूठी खर्चको बेहोरा खुल्ला भित्ताभित्तामा टाँसेर मैले सबैको श्याबासी पाएको सम्झनाले पनि मलाई सतायो। झूटो अभियोगहरूले मेरो ह्दय टुटेको थियो। टुटेको भत्केको गुम्बा, मूर्तिलाई जोडेर, चम्काएर सबको ओठमा हाँसो ल्याउने म। तर आज मेरै टुटेको मनलाई कसले जोड्ने र मेरो आँसु कसले पुछ्ने? मैले राजावादी अख्तियारको कार्यालय, राजावादी सीडीआको कार्यालयबाट दु:ख पाएको बेलामा सबै साथीहरू मौन भैगए, मैले भक्ति चढाएको देवदेवता, मठ, मन्दिर मलाई झनै मौन लाग्यो।

मेरो क्रोधको आगो बेस्सरी दन्कियो। आस्था र विश्वास टुक्राटुक्रा बनेको त्यो बेला म दारा किटेर ईश्वर नमान्ने पक्का नास्तिक बनें।

केही महिनापछिको कुरो हो एक दिन मेरो परिवारमा साक्षात शैतानको हमला भयो। अझ सफा गरी भन्नुपर्दा त्यो हमलाको पहिलो कारण म थिएँ। ती दिनहरूमा मलाई असाध्यै रिस उठ्ने, सानोसानो कुरामा झर्को लाग्ने। सबसंग मेरो सम्बन्ध चिसिन थालेको थियो। एक दिन भनाभनको क्रममा आक्रोसमा आएर मैले श्रीमतीलाई धकेलेको थिएँ। उनको शिर भित्तामा बजारिन पुग्यो। उनी भूइँमा गिरेर छटपटिन लागिन्। पानी नपाएको माछा जस्तै थियो त्यो दृश्य। उनले कराएर भन्न लागिन्, “म केही देख्दिनँ, म आँखा देख्दिनँ।”

मेरो मन सयौं फिटको भीरबाट खस्न लाग्यो। अब मेरी श्रीमती अनामिका मर्न लागेकी छ भनी मलाई पक्का थाहा भयो। उनको छटपटीले मलाई बताएको कुरो त्यही थियो। त्यही बेला कोठामा भएको बाइबलमा मेरो आँखा पर्‍यो। सब धर्मलाई आदर गर्ने मेरो एकपल्टको जीवनबाट आज पूर्ण नास्तिकमा मा बद्लीसकेको थिएँ। त्यो विकट घडीमा श्रीमतीको हालत देखेर बाइबल समाती परमेशवरलाई पुकार्न थालें। म रोइरहेथें अनि पशचाताप गरिरहेथें। उनको लागि यति धेरै माया उम्लेर आयो, म यति असहाय बनें, म यहाँ कसरी बताउँ? उ विना बाँच्न सक्दिनँ भनी मलाई पक्का थाहा भयो। केही बेरमा प्रार्थनाको उत्तर आएको मैले महसुस गरें। उसलाई फेरि पुरानो तन्दरूस्त अवस्थामा देख्दा म खुसीले पागल बनें। मैले तुरुन्तै मेरो प्रार्थना सुन्नुहुने येशू ख्रीष्टलाई मेरो जीवन चढाउने निर्णय गरें। मेरी स्वास्नीको जीवन दान प्रभुबाट भएको हो भन्ने कुरोमा मैले पक्का विशवास गरें। यसमा आजसम्म मलाई कुनै शँका छैन।

चर्च खोजे, इसाई मतमा हुने मानिसहरूसंग शिक्षा लिए, सरसल्लाह लिएँ। प्रभुको बारेमा अझ जानकारी पाएँ। बाइबल आफैले पढ्ने हो, पण्डित, गुरुहरूबाट मात्र सुन्ने शास्त्र होइन यो भनी जानें। जीवन मेरी श्रीमतीले मात्र पाएकी होइन, मैले पनि नयाँ जीवन पाएँ। बाइबलमा भनिएको रहेछ, “कोही ख्रीष्ट येशूमा छ भने ऊ नयाँ सष्टि बन्छ अनि पुरानो कुरा सबै बितिजान्छ”। यो कुरो ममा शतप्रतिशत लागु भयो। साँचो नेता मैले येशूलाई नै पाएँ। सत्य शिक्षा र सिद्धान्त बाइबलमा भेटेपछि मैले नेताको पछि हिँड्न छोडें। येशूले मलाई क्षमा दिनुभएको सत्यलाई आत्मसात गर्दै मैले पनि मेरा सबै विरोधीहरूलाई क्षमा गर्न सकें। साँच्चै येशूमा नयाँ शक्ति र जीवन पाएँ। त्यही शक्ति र जीवनले तपाईलाई पनि पर्खिरहेको छ।

Source: Power to Change Nepal

Facebook Comments