संयुक्त नेपाली मण्डली इस्राएलको आठौँ बार्षिकोत्सव सम्पन्न

इस्राएलमा कार्यरत नेपाली क्रिश्चियनहरुको चर्च संयुक्त नेपाली मण्डली इस्राएलले आफ्नो आठौँ बार्षिकोत्सव धुमधामका साथ् मनाएको छ । गत शुक्रबार तेलअभिबको हर्चियोनमार्गको एक चर्चमा यो समारोह सम्पन भएको हो । इस्राएलका लागि नेपाली राजदुत प्रल्हाद कुमार प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रमको सभापतित्व चर्चकि पास्टर माया सुनुवारले गर्नुभएको थियो । यस कार्यक्रममा राजदुत प्रसाईंकि धर्मपत्नी सिता प्रसाईं तथा नेपाली राजदुतावास इस्राएलका उपनियोग प्रमुख खड्ग प्रसाद दाहालको पनि उपस्थिति रहेको थियो । मण्डलीकि एल्डर यमुना घिमिरेको प्रार्थनाबाट सुरु भएको यस कार्यक्रमको संचालन सुकमान तामांगले गर्नुभएको थियो । मण्डलीकि कोषाध्यक्ष मेरी देवानले २०१३ मे देखि २०१४ मे सम्मको आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो । जसअनुसार मण्डलीको पुरा आम्दानि ९३ हजार ५ सय २२ सेकेल र खर्च तर्फ ७२ हजार ९ सय ९ सेकेल रहेको जानकारी गराइएको थियो ।

Facebook Comments