पहिलो एकल गायन सांगीतिक साँझ

काठमाडौँको कमलादी स्थित प्रज्ञा भवनमा ख्रीष्टियन जगतको पहिलो एकल सांगीतिक कार्यक्रम राजेश राईद्वारा भाद्र २४ गतेको दिन सम्पन्न भएको थियो। कार्यक्रमको सुरुवात पाष्टर रोबर्ट कार्थकको प्रार्थनाबाट भएको थियो। राजेश राईको सुमधुर गीतहरुसँगै झुम्मिने मानिसहरुको संख्या सयौँको हाराहारीमा थियो। यो कार्यक्रमबाट केवल गायक राजेश राईले मात्र नभै उपस्थित सबैले परमेश्वरको आशिषको अनुभव गरे।

यस कार्यक्रममा राजेश राईलाई साथ दिन अतिथिको रुपमा गायिका धनुषा घले, चन्दा देवान र सलोमी तिमोथीलाई आमन्त्रित गरिएको थियो। गायिका सलोमी तिमोथीको केही समस्या भएको कारणले उहाँ त्यहाँ उपस्थित हुनसक्नु भएन र उहाँको साटो उहाँकी माइली छोरी सुभेच्छा तिमोथीले गीत प्रस्तुत गरेकी थिइन्। यी अतिथिहरुले राजेश राईको यस साँझलाई अझ मनोराजनात्मक बनाए। साङ्गितिक प्रस्तुतिको साथसाथै कार्यक्रममा केही युवाहरुले राजेश राईकै गीतहरुमा नृत्य अनि गीति नाटक पनि प्रस्तुत गरेका थिए।

‘मेरो आशिषमय पलहरु’ नाम राखिएको यस कार्यक्रमको अन्त्यमा पाष्टर मङ्गल मान महर्जन र राजेश राईको हातबाट राजेश राईलाई आजको अवस्थासम्म पुग्न सहायता गर्नुहुने रुबेन राईलाई सम्मान गरियो।

Facebook Comments