नेपालको लागि चालिस दिने प्रार्थनाको उद्घाटन सम्पन्न

काठमाडौं प्रहरी प्रमुख रमेश खरेललाई बाइबल उपहार प्रदान

बिगत बर्षहरुमा झैं यस बर्ष पनि नेपालको लागि चालिस दिने प्रार्थना अभियान सुरु भएको छ । उक्त कार्यक्रमको उद्घाटन ललितपुरको धोबिघाटमा रहेको नेपाली इसाई मण्डली ललितपुर चर्चमा आज सम्पन्न भएको छ । उक्त कार्यक्रममा उपत्यकाका विभिन्न मण्डलीबाट ठुलो संख्यामा पास्टर, अगुवा तथा प्रार्थनाका योद्दाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली इसाई मण्डलीका पास्टरहरु डा. राजेन्द्र कुमार रोंगोंग, सामुएल कार्थक, अशोक मुखिया त्यस्तै रेभ. डा. बालकृष्ण शर्मा तथा पास्टर डा. केबी रोकाया लगायतको पनि उपस्थिति थियो । जनहितका कामहरु गरेर निकै लोकप्रियता बटुल्न सफल हुनुभएका काठमाडौं प्रहरी प्रमुख तथा नेपाल प्रहरीका एसएसबी रमेश खरेलको उपस्थितिले कार्यक्रमको रौनक झनै बढाएको थियो । खरेललाई पास्टर बिर बहादुर खवासको हातबाट पवित्र बाइबल उपहार स्वरूप प्रदान गरिएको थियो । उपहार ग्रहण गरिसकेपछि आफ्नो छोटो मन्तब्यको क्रममा खरेलले देशको शान्ति सुरक्षा, अमनचयनको निम्ति नेपाली इसाईहरुले सुरु गरेको प्रार्थना अभियानको सराहना गर्नुभएको थियो । यस कार्यक्रमको संचालन प्रार्थना अभियानका संयोजक डिकन घनश्याम दाहालले गर्नुभएको थियो भने स्तुतिप्रशंसा र बचनको सेवाकाइ क्रमश: अन्जान घले र डा. बालकृष्ण शर्माले गर्नुभएको थियो । डा. केबी रोकायाको अन्तिम प्रार्थनासहित यस कार्यक्रमको समापन गरिएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख तथा नेपाल प्रहरीका एसएसबी रमेश खरेलले राख्नु भएको छोटो मन्तब्यको भिडियो

Facebook Comments