प्रेमको स्रोत परमेश्वर र एउटी आमा

परमेश्वरद्वारा अद्भूत रीतिले सृष्टि गरिएकी आजको बहिनी भोलीको एक आमा हुन् । परमेश्वरले एउटी आमाको हृदयमा यति धेरै प्रेम र स्नेह राखिदिनुभएको छ कि उनी आफैले कष्टहरूका अनेक पहाडहरू उठाएर पनि आफ्ना सन्तानहरूका निम्ति रातको निद र दिनको भोक नभनी प्रेम गर्छिन् । आफ्ना सन्तानहरूका लागि आफ्ना आँसुले भिजेका आँखाहरू देखाउँदिनन् र आफैलाई समर्पण गर्छिन् । जसरी एउटी आमाले आफ्ना सन्तानहरूलाई विभिन्न कष्टहरू सहेर हुर्काइन्, बढाइन् र मुखमा हालिसकेको एक टुक्रा रोटी पनि निकालेर आफ्ना छोरा-छोरीहरूलाई खुवाइन् त्यसरी नै आज हामीहरू पनि आमालाई त्यत्तिकै इज्जत र सम्मान गरौं । भोकमा खुवाऔं र फाटेको कपडा फेरिदिने काम गरौं । बाइबलको शिक्षा पनि यहिं हो कि परमेश्वरले भन्नुभयो, “आफ्ना आमा बुबाको आदर र आज्ञापालन गर ।”

आजको एउटी बहिनी, भोलीको एक आमालाई किन आज मानिसहरूले ईश्वर नै भन्ठान्छन् त ? आज धेरैजनाहरूले यसो भन्दछन् कि, “मेरो ईश्वर त मेरी आमा नै हुन् ।” एउटी आमा प्रतिको प्रगाढ़ प्रेम प्रकट गर्ने शैलीमा यो वाक्यांश निकै लोकप्रिय देखिन्छ तर यो नै वास्तविकता होइन ।

मैले भन्न खोजेको यो होइन कि, एउटी आमाको आदर, सम्मान र पालनपोषन नगर्नु ! तर हामी एउटी आमाको आदर र पालनपोषन अनिवार्य गर्नुपर्दछ । तर पहिले यो बुझौं कि, क्रूसमा रगतको धारा बगाएर हामीलाई नयाँ गरि जन्माउनुहुनेको पहिलो आदर हुनुपर्दछ । पहिलो श्रद्धा र आदर आमालाई पनि सृष्टि गर्ने सृष्टिकर्तालाई दिनुपर्दछ । वर्षमा एकदिन मात्र, जुन दिन धेरै टाढा-टाढाबाट आमाको अनुहार हेर्न मानिसहरू आउँछन् र असल भोजनले तृप्त पार्छन्, यो सहि नै हो तर यस्तो दिन वर्षमा एकदिन मात्र नहोस् । आमा बुबाको आदर र पालनपोषन गर्नु हामी सबैको कर्तब्य हो जुन कर्तब्य हामीहरूले सहि तरिकाले पालन गर्यौं भने परमेश्वरले आशिष दिनुहुन्छ ।

एकातिर आजभोली केही अनौठा हुलहरूले चर्को स्वरमा यसो भन्दैछन्; “ईसाईहरूले आमा बेच्दैछ है होशियार !!!”

हैन कसरी बेच्दैछ र एक ईसाईले आफ्नै आमालाई ? उत्तरमा यसो सुनिन्छ; “ईसाईहरूले गाइको इज्जत गर्दैनन् , धर्मलाई नाश गर्दैछन् ।” अचम्म छ ! के धर्म पनि कहिल्यै नाश हुन्छ र ?

सृष्टिको पहिलो आमा “हब्बा” को पनि सृष्टिकर्ताको महिमा पहिलो होस् !

“ममता, प्रेम र सारा जीवनको स्रोत नै येशू हुनुहुन्छ ।”

Facebook Comments