दश आज्ञा मध्येको ‘सातौं आज्ञा’ ब्यभिचार नगर्नु

बन जलेको डढ़ेलो सबैले छर्लङ्गै देख्छन् तर ब्यभिचारी मन जलेको कसैले देख्दैनन् । जब एउटा सानो आगोको झिल्कोले सारा बन नै सखाप पारिदिन्छ त्यसरी नै प्रिय प्रभुका जनहरू हो, ब्यभिचारले कसैलाई खरानीमा शेष पार्न सक्छ ।

यी दिनहरूमा हामी देखिरहेका छौं की, शैतानको बड़ो प्रभावकारी र लाग्ने पहिलो हतियार यौन र ब्यभिचारलाई बनाएको छ । शैतान आज उसको ब्यभिचारको हतियारमा सत-प्रतिशत ढुक्क भएर बसेको छ । हजारौं माइल टाढाको शत्रुलाई नष्ट पार्ने आधुनिक छेप्यास्त्र भन्दा खतरा ब्यभिचारको हतियार भएको छ ।

हेर्नुहोस् त, तपाईँ जहाँ जानुहोस्, अश्लील र अर्धनग्न तस्वीरहरू शैतानले तपाईँको आँखा वरिपरी राखिदिएको छ ।

मण्डलीहरू हो, विल्कुलै होसियार !

आजको युग र वैज्ञानिक आविस्कार द्वारा हामीलाई इन्टरनेटहरू र फेसबुकको सुविधा मिलेको छ तापनि शैतानले यसभित्र पनि आफ्नो मिसन कार्यन्वयन गर्दैछ । मोबाइल/कम्प्यूटर र अश्लीलता (Pornography) पर्यायवाची शब्द जस्तै भएको छ । जहाँ मोबाइल/कम्प्यूटर छ त्यहाँ घिनलाग्दा ब्यभिचारका कुराहरूले भरिएको छ ।

के एक ईसाई यस्तो पापमा फस्न सक्छ ?

  • दु:खसाथ भन्नुपर्दछ कि, “हो, एक चुनिएको जन पनि यस्तो पापमा फस्न सक्छ ।”
  • प्रभुको हृदय अनुसारको दास दाऊदलाई के कुराले पश्चत्तापको आगोमा जल्ने बनायो ?
  • सोलोमनलाई मृत्युको दिनहरूमा के कुराले अल्झायो ?
  • शिमशोनको महाबल कसरी शेष भयो ?

हाम्रा आँखा कसैको नाङ्गोपना हेर्नका लागि होइन तर परमेश्वरको महिमाका कामहरू देख्नलाई हो । हल्लेलूयाह !

ब्यभिचारबाट कसरी सुरक्षित हुने ?

  • जब तपाईँले अश्लील कुराहरू देख्नुहुन्छ तब तुरुन्तै पश्चत्ताप गर्नुहोस् र प्रभुसँग क्षमा माग्नुहोस् ।
  • जब तपाईँले इन्टरनेट सर्चको ठाउँमा अश्लील कुराहरू टाइप गर्न ठाल्नुहुन्छ तब नरकको टिकट काट्दै छु भनी मनमा लिनुहोस् र तुरुन्त आफूलाई सम्हाल्नुहोस् ।
  • जथाभाबी संसारीक पेजहरू लाइक नगर्नुहोस् । यो वचन सम्झनुहोस् कि, यदि तिमीलाई तिम्रो आँखाले पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फ्याँकिदेऊ । तिम्रो दुवै आँखा भएर नरकको ननिभ्ने आगोमा जानुभन्दा त बरू अन्धो भएर जीवनमा प्रवेश गर्नु असल हो ।
  • श्रीमान र श्रीमतिप्रति इमान्दर हुनुहोस् । अबिवाहित हुनुहुन्छ भने आफ्नो यौवनको लागि प्रभुसँग प्रार्थना गर्नुहोस् कि सड़कहरू तिर बगेर जान नपाओस् !

प्रभुले हरेकलाई प्रशस्त आशिष देऊन् !

Facebook Comments