सोह्रौँ वर्ष प्रबेशको उपलक्ष्यमा हेप्जीवाहको भव्य कन्सर्ट (Photo Gallery)

यही चैत्र १५ गते अथार्त मार्च २९ तारिख शनिबारका दिन हेप्जीवाह व्यान्डले आफ्नो १५औँ वर्ष गाँठको अवसरमा काठमाडौँ कमलादी स्थित “नेपाल प्रज्ञा प्रतिष्ठान”मा एक भव्य कन्सर्टको  आयोजना गरेको छ । १५०० भन्दा बढी युवाहरुको उपस्थिति रहेको उक्त कन्सर्टमा “हामी प्रार्थना गर्छौं…” बोलको गीत गाएर कार्यक्रमको सुरुवात गरेका थिए । निकै उत्साहित देखिएका फ्यानहरु हेप्जीवाहको “हल्लेलुयाह…, मैले निश्चय गरें…, रुनेहरु धेरै छन…, मिष्टर मानबहादुर…” जस्ता थुप्रै गीतहरुमा कति पल्ट भावनामा बग्दै थिए त कति पल्ट उफ्रदै, रमाउँदै थिए ।

हेप्जीवाहको प्रस्तुति अघि सबैलाई एउटा वार्निड्ड दिइएको थियो –“Do not forget to enjoy in Christ”। यसले गर्दा पनि कन्सर्टमा केही हदसम्म सबैलाई नियन्त्रित हुन सघाएको थियो र सबै प्रभुको महिमामा रमाउँदै थिए । प्रस्तुतिकै क्रममा नेपाल बाल शिक्षा संगतिका राष्ट्रिय निर्देशक एवम हेप्जीवाहका संरक्षक  समेत रहनु भएका रेभ.पा. एलिया प्रधानले रोमीको पुस्तक बाट निकै चाखलाग्दो सन्देश दिनुभयो । सन्देशमा भनिएको थियो–परमेश्वरले नेपालमा पनि सुसमाचारको ढोका खोलिएको र हेप्जिवाह संगित समुह पनि संगितद्वारा सुसमाचार सुनाउने अभियानमा विगत १५ वर्ष देखि सक्रिय रहँदै आएको बताउनुभयो । कार्यक्रमको विचमा आफ्नो नजिकको गैर–इसाई साथीलाई सुसमाचार सुनाउने सजिलो उपायको प्रयोग गरिएको थियो । प्रत्येकले आ–आफ्नो मोवाइलबाट “Jesus Loves You” लेखेर नजिकको गैर–इसाइ साथीलाई पठाउनु पर्ने थियो । अधिकांशले सो गरे पनि । यस प्रकारले कन्सर्टको विचमा पनि सहभागीले आफ्ना गैर–इसाइ साथीहरुलाई सुसमाचार सुनाउन सके । व्याण्डको चौंथो एल्बम चाँडै नै बजारमा आँउदैछ । हेप्जीवाह व्यान्ड (“जस संग म खुशी छु” – यशैया ६२:४) बिस २०५५ मा नेपाली जवानहरुलाई संगीतद्वारा परमेश्वरको नजीक लैजाने उदेश्यले स्थापित भएको थियो । यस व्यान्डले आज सम्म तीन एल्वम र दुई कन्सर्टका डि.वी.डि हरु निकालि सकेका छन् । परमेश्वरलाई पहिलो स्थान दिंदै यस व्यान्डले आजको समयसम्म नेपाली भाषा बोल्ने क्षेत्रहरु जस्तै नेपाल, सिक्कीम, दार्जलीङ्ग, कालिङ्गपुङ, सिलगुडी, आसाम लगायत विभिन्न ठाँउहरुमा आफ्ना प्रस्तुतीहरु दिइसकेका छन् ।

Facebook Comments