प्राश्नाको पोस्टर र म्युजिक भिडियो सार्वजनिक

प्यासन मिडिया स्टुडियोको ब्यानरमा निर्माण गरिएको नेपाली इसाई चलचित्र “प्राश्ना” को मिति २०७० भाद्र १६ गते आईतबारका दिन जाउलाखेल स्थित विलिभर्स चर्चमा एक कार्यक्रम बिच पोष्टर, प्रोमो र म्युजिक भिडियो सार्वजनिक गरियो । कार्यक्रममा सुरुको प्रार्थना जीवन मिशन क्लबका रुवेन लामाले गर्नु भएको थियो भने सोही चलचित्रका कथाकार अर्चना महर्जन र अल्टर मिडियाका अध्यक्ष अरुण जङ्ग शाहीले एक साथ फिल्मको पोष्टर सार्वजनिक गर्नुभएको थियो । युवा निर्देशक रविन गुरुङ्गले “प्राश्ना” चलचित्रको छोटकरीमा कथाको बारेमा बताउनु भएको थियो । उक्त चलचित्रमा सागर श्रेष्ठ, रोजीना केसी, दिपक सुनार, रुबीना क्षेत्री, एलिसा राई, सरिता लामा, विनोद कट्वाल, आदिले अभिनय गरेका छन् । सम्भवत नेपाली इसाई जगतमा यसरी कार्यक्रमको आयोजना गरी फिल्मको पोष्टर, प्रोमो र म्युजिक भिडियो सार्वजनिक गरिएको यो पहिलो पल्ट हुन सक्छ ।

प्राश्नाको प्रोमो हेर्नुहोस्


प्राश्नाको पोस्टर हेर्नुहोस्

praashna_fb

अधिक जानकारीको लागि फेसबूक पेज लाइक गर्नुहोस्।
https://www.facebook.com/praashnafilm

Facebook Comments