फिक्स यू आराधना कन्सर्ट

क्वाइनोनिया पाटन मण्डलीले घोषणा गरेको मिसन वर्ष २०१३ को उपलक्ष्यमा Koinonia Youth Fellowship तथा Koinonia English Language Service को संयुक्त अगुवाइमा २७ जुलाई २०१३ को दिन प्रज्ञा प्रतिष्ठान, कमलादिमा फिक्स यू नामक आराधना कन्सर्ट सम्पन्न भयो ।

वर्ष २०१३ लाई क्वाइनोनिया मण्डलीहरुले मिसन वर्ष भनेर घोषणा गरेको छ । यसैकारण विभिन्न देशमा मिसनरी भएर  गएका व्यक्तिहरुलाई सहयोग गर्नको लागि Koinonia Youth Fellowship तथा Koinonia English Language Service ले संयुक्त रुपमा यो कार्यक्रमको आयोजना गरेको हो । उक्त कन्सर्टमा देश तथा बिदेशको धेरै व्यक्तिहरुको उपस्थित थियो र उपस्थित धेरैले आशिषित अनुभब गरेका थिए । कन्सर्टको सुरुवात नृत्यबाट भएको थियो । स्वागत नृत्यपछि अंग्रेजी भाषाको स्तुति प्रशंसा सुजित लामाले अगुवाइ गर्नुभएको थियो । स्तुति प्रशंसा पछि मण्डलीका युवाहरुद्धारा पुन नृत्यहरु प्रस्तुत भएको थियो । यी प्रस्तुतीहरु पछि मण्डलीका सदस्य तथा यूथ कमिटीका अध्यक्ष रिचन कर्माचार्यले प्रभुको वचन प्रकाश पार्नु भएको थियो । वचन सुरु हुनु भन्दा अगाडि वचन सँग जोडिने एउटा नाटक प्रस्तुत गरिएको थियो । वचन पछि फेरी नेपाली भाषामा स्तुति प्रशंसा भएको थियो । उक्त स्तुति प्रशंसाको अगुवाई रुवेन अवाले र अमूल्य श्रेष्ठले गर्नु भएको थियो । नेपाली भाषाको स्तुति प्रशंसा पछि फिक्स यू कन्सर्ट को बिषय गित “Fix You” गाएर कन्सर्टको समापन गरिएको थियो । यस कन्सर्टलाई सफल बनाउनुमा धेरै व्यक्ति र संस्थाको सहयोग थियो । एकता बुक्सको मुख्य प्रायोजन रहेको यो आराधना कन्सर्ट साँझ ३ बजे सुरु भइ ६ बजे सकिएको थियो ।

– सागर महर्जन
Photo Credit: Ruben Awale

Facebook Comments