निणर्य फिल्मको पोखरामा भव्य प्रर्दशन

पोखरा महिमा चर्चका पाष्टर धन बहादुर तामाङ्ग र पोखरा युथ फर क्राइष्टका संयोजक दल बहादुर तामाङ्गको संयुक्त आयोजनामा मिति २०७० साल जेष्ठ ११ गते शनिबार पोखरा उद्योग बाणिज्य हलमा निणर्य फिल्मको भव्य प्रदर्शन गरियो । उक्त कार्यक्रमा स्थानीय पाष्टरहरु, प्रहरीहरु, पत्रकारहरु र कलाकारहरुको पनि उपस्थिति रहेको थियो । लगभग ४०० जनाको उपस्थिति रहेको सो कार्यक्रममा हास्य कमेडी पनि प्रस्तुत गरिएको थियो । काठमाण्डौबाट गएको हास्य कलाकारहरु कुमार अब्राहम, ध्रुब तामाङ्ग र विश्व राईले कमेडी प्रस्तुत गर्नु भएको थियो भने स्थानीय हास्य कलाकार तिमीथी तामाङ्गले पनि आफ्नो कमेडी प्रस्तुत गर्नु भएको थियो । पोखराको स्थानीय एफ.एम. रेडियो सफल (१०३.४) ले उक्त कार्यक्रमको समाचार प्रसारण गरेको थियो । स्थानीय दर्शकहरुले फिल्म हेरे पछि सबै पक्षबाट राम्रो रहेको कुरा बताउनु भएको थियो । नेपाल ख्रिष्टिय अनुग्रह चर्चका पा. ओम गुरुङ्गले सो चलचित्र हेरे पछि धेरै राम्रो रहेको र एउटा राम्रो सुसमाचार फिल्म भएको हुनाले सो चलचित्रलाई गुरुङ्ग भाषामा अनुवादन गर्ने इच्छा रहेको कुरा पनि बताउनुभएको थियो । यस निर्णय फिल्मको चाँडै नै कोरियन र अग्रेजी भाषामा सबटाइटलमा आउने कुरा निर्देशक रविनले बताएका छन् ।

Facebook Comments