“मेरो जीवन” बोलको ख्रिष्टिय आराधना गीत सार्वजनिक

आशिष मण्डली डोटीका यूवा हेमन्त राई–योआनेस को स्वरमा नयाँ आराधना गित यूट्यूवमा सार्वजनिक भएको छ । उक्त गितको बोल “मेरो जीवन” को शब्द संगित यसै मण्डलीका यूवा चन्द्र बोगटी र यूवा समूह मिलेर गरेका हुन् भने गितको एरेन्ज, मास्टरीङ्ग, भिडियो छायंकन तथा सम्पादन काईरोस मेडियाका इभान कुँवर रानाले गरेका हुन् ।

गायक राईका अनुसार उक्त गीत १० वर्ष अघि साथीहरुसँग मिलेर रचिएको र गाउने गरेको तर धेरै इच्छा भएता पनि विभिन्न कारणबस अहिलेसम्म यसको रेकर्ड गर्न सकिएको थिएन । धेरै वर्ष पश्चात उक्त आराधना गीतको रेकर्ड भएकोले धेरै खुसी व्यक्त गर्नुहुन्छ र यसबाट परमेश्वरको महिमामा आशिषित भएको विश्वास गर्नुहुन्छ । अरु समयमा यसै गुनगुनाउने र गायनमा रुचि राख्ने भएता पनि यो गीतनैे गायकको पहिलो औपचारीक रेकर्डेड गीत हो र आगामी दिनमा अरु पनि गीतहरु श्रोता माझ ल्याउने जानकारी गायक राईले दिनुभयो । परमेश्वरको महिमामा सर्मपित यो गीतले परमेश्वरले मानव जीवनमा गर्नुभएको महान कामको लागि आफ्नो जीवन अर्पण गर्छु भन्ने सन्देश दिन्छ ।

यो गीतको छायाँकन मिसियो डेई क्याफेमा गरिएको र यूट्यूवको अगापे टि.भी. च्यानलमा राखिएको छ । भिडियो यहाँ तल पनि हेर्न सकिनेछ ।

Facebook Comments