हामी हरेस खाँदैनौं

“यसकारण हामी हरेस खाँदैनौं। हाम्रो बाह्य मनुष्‍यत्‍व नाश हुँदैगए तापनि हाम्रो आत्‍मिक मनुष्‍यत्‍वचाहिँ दिनदिनै नयाँ हुँदै जान्‍छ। किनकि हाम्रो हलुको र क्षणभरको कष्‍टले हाम्रा निम्‍ति अतुलनीय तथा अनन्‍तको महान्‌ महिमा तयार गरिरहेछ ।” २ कोरन्थी ४:१६-१७

सबै ठाउँका मानिसहरु यहि महसुस गरिरहेका छन्। उनीहरु निराश र हताशमा जिइरहेका छन्। धेरै जसो स्थिति जस्तै जागिर गुमाउनु, घर गुमाउनु या कसैको ज्यान नै गुमाउनु; यि कुराहरुले निरासको कारणलाई निम्त्याउँछ। जीवनको विभिन्न कठिन परिस्थितिहरुको सामना गर्दा नैराशताले  जीवनमा राज गर्दछ। एक न एक समयमा हामी सबैलाई यसले कैदमा पार्दछ र हामीले जीवनमा हरेस खान्छौ।

हरेस खाएको हृदयको ९ रुपहरु

२ कोरन्थीको ४ मा पावलले हामीलाई हरेस नखान भनेका छन्। जब हामी हरेस खान्छौ हामी आफैलाई झूठ, डर र अविश्‍वासको सागरमा पाउदछौ। यसले बिभिन्न रूप लिन सक्दछ।

हामी जीवनमा निराश हुन्छौ र हरेस खान्छौ,

१. जब हाम्रो पाप ख्रीष्‍टको धार्मिकताको महिमा भन्दा बढी हुन्छ।

२. जब हामी डर, लाज, स्वार्थ वा अल्छीपनामा परमेश्‍वरबाट फर्किन्छौ।

३. जब हामी उहाँको महिमालाई हेर्न छोड्छौं।

४. जब हामी हाम्रो हृदयलाई पवित्र आत्माको सेवकाई प्रति कठोर तुल्याउछौ।

५. जब हामी शक्ति कसबाट आउँछ भन्‍ने बिर्सन्छौ।

६.  जब हामी दु:खी हुन्छौ र दु:खले हामीलाई दबाउँछ भनी विश्‍वास गर्छौ।

७. जब हामी आनन्द र सुख मात्र खोज्छौ तर ख्रीष्‍टको दुख र कष्‍ट ग्रहण गर्न चाहदैनौ।

८. जब हामी विश्‍वास गर्न रोक्छौ र आस्थाको बारेमा बोल्न छोडछौ।

९. जब हामी अनुग्रह इन्कार गर्छौ र गनगन गर्न थाल्छौ।

आफ्नै बलमा होइन तर परमेश्‍वरको कृपा र महिमामा

पावलको उपदेश हाम्रो आत्मिक युद्ध र परमेश्‍वरसँग बिछेद भएको सम्बन्धबाट हामी आफ्नै बलमा उठनु पर्छ भन्ने होइन तर यो सेवकाई परमेश्‍वरको कृपासँग सम्बन्धित छ। यो सेवकाई र कृपाको बारेमा हामी २ कोरन्थी ३:१६-१८ बाट हेर्न सक्छौ।

“तर जब मानिस प्रभुतिर फर्कन्‍छ, त्‍यो घुम्‍टो हटाइन्‍छ। अब प्रभु आत्‍मा हुनुहुन्‍छ, अनि जहाँ प्रभुका आत्‍मा हुनुहुन्‍छ, त्‍यहाँ स्‍वतन्‍त्रता हुन्‍छ। हामी सबै घुम्‍टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्‍बित गर्दछौं, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्‍लँदै उहाँको रूपमा बद्‌लिँदैजान्‍छौं। परमप्रभुबाट यो आउँछ, जो आत्‍मा हुनुहुन्‍छ।” २ कोरन्थी ३:१६, १७

जब परिक्षाको समयमा हामी प्रभुतिर फर्कन्छौ र उहाँको कृपा खोज्छौ तब हामीले हरेस खाएका छैनौ भन्‍ने प्रमाणित हुदँछ। जब हामी येशू तिर फर्कन्छौ र उहाँको मुहारलाई हेर्न लाग्छौ तब हामीमा भएको अन्धकारको घुम्टो हटाइदछ। परिक्षा र विभिन्न कष्‍टको सामाना गर्दा हामी जीवनमा बनिदै जाँदछौ। येशू ख्रीष्‍टद्वारा परमेश्‍वर पिताको महिमा हामीमा चम्केको छ, यसैकारण हामी हरेस खाँदैनौ।

Original author of this article is Jen Smidt.
http://theresurgence.com/authors/jennifer-smidt

Facebook Comments