‘बाटो, सत्य, जीवन’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक

आन्दोलन लामा र शिला राईको स्वरमा सजिएको सुसमाचारीय भजन ‘बाटो, सत्य, जीवन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । राई जातिको साकेला धुनमा सजिएको उक्त गीत फादर राजेश राईले रचना तथा सँगीत भरेका हुन् भने हेम सुब्बाको सँगीत सँयोजन रहेको छ ।

मोरङ्गको बेलबारी स्थित बेतना सिमसार वरवरका दृश्यहरु भिडियोमा रेकर्ड गरिएको छ । प्रविन राई तथा निरा राईको मुख्य नृत्य रहेको भिडियोमा इसाई प्रभुको मण्डलीका जवानहरुले भरपुर साथ दिएका छन् ।

उक्त म्युजिक भिडियोमा गायक आन्दोलन लामा, सुमन जावा तथा ईसाई प्रभुको मण्डली युवा सँगतिको सँयुक्त लगानीमा भिडियो निर्माण गरिएको हो, जसमा क्यामेरा तथा सम्पादन सुरेन लिम्बु रहेका छन् ।

Facebook Comments