राजधानीका मण्डली एकसाथ प्रार्थनामा ( अर्को प्रार्थना सभा २८ गते)

काठमाडौं- नेपालको इतिहासमा जब मण्डलीमाथि विरोध र समस्याहरू आउन थाल्छन्, मण्डलीले एकसाथ घुँडा टेकेर प्रार्थना गर्दै आएका छन्।  जसको कारणले नेपालमा परमेश्वरको काम त्यत्तिकै बढ्दै गएको छ। हरेक मण्डलीमा प्रार्थना सेवा अनिवार्यरूपमा जस्तै गरी हुने गर्छ, साप्ताहिक संगतिको तयारीको लागि, रोगि विरामीको लागि, देसको लागि आदि। जब जब मण्डलीमा विरोध, सतावट आउँछ तब सबै मण्डली एकसाथ प्रार्थना गर्न एकठाउँमा भेला हुन्छन् र परमेश्वरको अद्‍भुत कामहरू मण्डलीद्वारा नै हुन्छन्।

राजधानीमा २०७५ बैशाख ७ गते नेपाली ईसाई मण्डली ज्ञानेश्वरमा राजधानीका मण्डलीहरूले एकसाथ प्रार्थना गरेका छन्। विशिष्‍ट पास्टर, अगुवाहरू, विभिन्न सम्प्रदाय र समूहका मण्डलीहरूले शुक्रबार दिउँसो २:००-४:०० बजेसम्म संयुक्तरूपमा पालैपालो अगुवाइ भएअनुसार अहिलेका समस्याका विषयहरू मण्डली, पास्टर अगुवा, संघसंस्था, देसको निम्ति साथै असल सुशासनको निम्ति प्रार्थना भएको छ। यो प्रार्थनामा पास्टर अगुवाहरू मात्रै भेला भएर प्रार्थना गर्नुभएको छ।

नेपाली ईसाइ मण्डलीका पास्टर रोबर्ट कार्थकले भेलामा अन्तिम प्रार्थना गर्नुभएको थियो। पास्टर रोबर्ट कार्थकले जब एकसाथ प्रार्थाना सभा हुन थाल्छन प्रभुको काम वृद्धि हुन्छ भन्दै मण्डलीहरूले बिजय पाउनको लागि प्रार्थना गर्ने होइन, येशू ख्रीष्‍टद्वारा बिजयी भएकोमा प्राप्‍त गरेकोमा प्रार्थना गर्दछौ भनि उत्साहित बनाउनुभएको थियो।
२०७५ बैशाख ७ गतेबाट सुरू भएको संगति अब हरेक महिनाको अन्तिम शुक्रबार राजधानीका मण्डलीहरूमा पालैपालो हुनेछ।

बैशाख महिनाको प्रार्थना:
महिना: बैशाख २८ गते शुक्रबार (May 11)
समय : दिउँसो २:०० देखि ४:०० बजेसम्म
स्थान:  प्रभुको मण्डली कोटेश्वर

Facebook Comments