धेरै पैसा कमाउन चाहन्छु, तर दास हुन चाहन्न

ललितपुर, चैत्र८, कम नेपालद्वारा आयोजित विमोचन कार्यक्रममा “उद्यमीहरूका निम्ति दश आज्ञा” नामक पुस्तक विमोचन भएको छ। उद्यमीहरूका निम्ति दश आज्ञा पुस्तकका लेखक प्रो. मारियो ब्रूल्ह्‌मनले पुस्तकको बारेमा बताउने क्रममा भन्नुभयो, “म तपाईको साढे एक किलोको दिमागमा भाइरस हालिदिन्छु, यो भाइरस अरूहरूकहाँ फैलिन्छ। भाइरसले मानिसलाई मार्न पनि सक्छ। पैसा पनि एक किसिमको भाइरस हो। म व्यवसायलाई मन पराउछु। व्यवसाय मेरो जीवन हो। म धेरै पैसा कमाउन चाहन्छु, तर कहिल्यै पनि पैसाको दास हुन चाहन्न। कतिपटक यो सामान्य कुरा होइन। धेरै मानिसहरूको लक्ष्य पैसा कामाउने हुन्छ। कहिलेकाही समस्या पनि हुन्छ । व्यवसाय गर्न पैसा चाहिन्छ पैसा बिना व्यवसाय हुँदैन। त्यसले गर्दा हामीले गरेको कामले सधै सकरात्मक प्रभाव प्रभाव पार्नुपर्छ। व्यवसायको उद्देश्य मानिसहरूलाई खुसी दिनु हो। पैसा कमाउने कामले मानिसहरूलाई खुसी तुल्याउँछ। व्यवसायको पद्धतिलाई सरल बनाउन वा व्यवसाय गर्नलाई सीप चाहिन्छ। ज्ञान मात्रै भएर हुँदैन व्यवहारमा लागू गर्ने सीप पनि चाहिन्छ।”
मारियोले उद्यमीहरूका निम्ति दश आज्ञा पुस्तक लेख्‍ने प्रेरणा चर्चको प्रवचन सुनेपछि पाउनुभएको हो। बाइबलमा भएको दश आज्ञा धेरै सजिलो छ। सबैले बुझ्न सक्छन्। त्यसैगरी यो पुस्तकको शिर्षक पनि दश आज्ञा भनी राखिएको हो भनि स्पष्‍ट्याउनु भएको थियो। विमोचन कार्यक्रमभन्दा पहिले विहान ९ बजेदेखि ३ बजेसम्म मेन्टोर्सको तालिम भएको थियो। विमोचन कार्यक्रम ४ बजेदेखि भएको थियो।

विमोचन कार्यक्रममा नेपाली गायन क्षेत्रमा सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढि पुरूस्कार पाउने चर्चित गायिका अञ्‍जु पन्तले ‘जब म प्रभुको भएर जिउन थाले’ बोलको गीत गाएर सबैलाई आनन्दित बनाउनुभएको थियो। कार्यक्रममा आफूले आम्दानी गरेको रकमबाट गरीबहरूलाई सहायता गर्दै आएको कुरा पनि गायिका पन्तले बताउनुभएको थियो।
उद्यमीहरूको निम्ति दश आज्ञा पुस्तकको विमोचन प्रोफेसर तथा लेखक मारियो ब्रुल्हमन, प्रोजेक्ट म्यानेजर ग्यालस ट्यानहिमर र शान्ति नेपालका निर्देशक डा कृष्‍णमान शाक्यको हातबाट विमोचन गरिएको थियो।

Facebook Comments