नेपाल बाइबल सोसाइटीले मनायो माणिक उत्सव

विश्वास थापा । १५ चैत ०७३ । काठमाडौं ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठान एक भव्य कार्यक्रम बीचमा नेपाल बाइबल सोसाइटीले आफ्नो ४० बार्षिक उत्सव (माणिक उत्सव) मनाएको छ ।

ढिलो गरि सुरु भएको कार्यक्रमलाई प्रार्थनासहित महिमा भट्टराईले कुसलतापूर्वक संचालन गरिकी थिइन । डा. पा. राजेन्द्र रोंगगोङले मैन बत्ती बालि कार्यक्रमलाई अगाडि बढेका थिए । यस्तै सोही संस्थाका सिइयो तेज जिरेलले बाइबल सोसाइटीको बारेमा संक्षिप्त जानकारी पनि गराउनु भएको थियो । त्यस्तै १० वर्षभन्दा वढी सेवा पुर्याउनु भएको कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

सोही संस्थाको वर्तमान अध्यक्ष डा. बालकृष्ण शर्माले वचन बाँडेर उत्साहित बनाउनु भएको थियो । उहाँले २ तिमाथि ३ः१६ बाट वचन बाँड्नु भएको थियो । उहाँले थप्नुभयो, परमेश्वरको वचन ऐना हो । यसले मानिसको पाप देखाउने पर्दछ र पश्चताप गर्दा धार्मिकता तालिम पाई, शान्ति पाउँदछ । बाइबल पुरानो पुस्तक भएता पनि यो कहिल्यै पुरानो भएको छैन । हाजिर जवाफमा येशू ख्रीष्ट संसारको ज्योती भन्ने थाहा पाएर अध्ययन, अनुसन्धान गर्दा आफू ख्रीष्टियन भएको गवाही दिनु भएको थियो । नेपाल बाइबल सोसाइटीले परमेश्वरको वचनलाई छापेर मानिसहरु बीचमा पुर्याउने कार्य गरिरहेको छ । जस्तो परिस्थितीमा पनि निरन्तरता हुनेछ भनी वचन दिनु भएको थियो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तिहरुले बाइबल सोसाइटीको बारेमा आफ्नो मन्तब्य समेत राख्नु भएको थियो ।

नेपाल बाइबल सोसाइटीका अध्यक्ष डा.बालकृष्ण शर्माको अध्यक्षतामा र रेभ. पास्टर निकोनोर तामाङको प्रमुख आतिथ्यमा सोसाइटीले माणिक उत्सव भब्यताको साथ हजारौं विश्वासीहरुको बीचमा मनाउन सफल भएको छ ।

समाचार श्रोत: ebachan.com
तस्बिर: जीत बहादुर भित्रकोतीको फेसबूक

Facebook Comments