प्रथम काठमाडौँ उपत्यकाब्यापी पास्टर, एल्डर एवं डिकन फ्रेन्ड्ली फुटबल टुर्नामेन्ट सम्पन्न

प्रकाश पाख्रिन
मार्च २०

प्रथम काठमाडौँ उपत्यकाब्यापी पास्टर, एल्डर एवं डिकन फ्रेन्ड्ली फुटबल टुर्नामेन्टको अन्तिम चरणको खेल हिजो आइतबार मार्च १९ तारिखका दिन ख्रिष्टियन स्पोर्ट्स कम्प्लेक्स सातदोबाटोमा सम्पन्न भएको छ । “स्वास्थ्य र अत्मियाताको लागि खेलकुद” भन्ने नाराका साथ आयोजना गरिएको प्रथम काठमाडौँ उपत्यकाब्यापी पास्टर, एल्डर एवं डिकन फ्रेन्ड्ली फुटबल टुर्नामेन्टको उपाधि बप्तिस्ट मण्डली समुदायका समुहले चुम्न सफल हुनु भएको छ । उक्त टुर्नामेन्ट मार्च १२ तारिखका दिन सुरु भएको थियो ।

फाइनल खेलमा एकथलो टिम र बप्तिस्ट टिम बीच खेल भएको थियो । उक्त फाइनल खेलमा बप्तिस्ट टिमले एकथलो टिमलाई सुन्यका बिरुद्ध ६ गोल गर्न सफल हुनु भएको थियो । पास्टर साइमन तामाङ को नेत्रीत्वमा एकथलो टिम रहेको थियो भने डिकन सबी राज लावती बप्तिस्ट टिमबाट रहनु भएको थियो । बाप्तिस्ट समुदायका तर्फबाट डिकन सुबास राई ३, डिकन डेबिड सुनुवार २ र डिकन सबिराज लावतीले १ गोल गर्नु भएको थियो ।

उक्त प्रतियोगितामा जम्मा ११ टिमहरुको सहभागिता रहेको थियो जसमा १५५ जना उपत्यका भित्रका विभिन्न सम्प्रदय मण्डलीका पास्टर एल्डर डिकनहरु रहनु भएको थियो । सम्भवत यसरी एकै पटक खेल मैदानमा यतिका धेरै पास्टर, एल्डर र डीकनहरुको सहभागितामा भएको खेल पहिलो पटक नै हुनु पर्छ ।

यो टुर्नामेन्ट ख्रिष्टियन स्पोर्ट्स फेलोसिप नेपाल र एम्बस्डर फुटबल नेपालको संयुक्त आयोजनामा भएको थियो । बिजेता टिमहरुलाई रेभ. तुलासिं राई, पास्टर अब्दियल मुखिया, पास्टर रत्न काजि महर्जन, पास्टर अमर थापा र पास्टर राजेन्द्र मल्ल बाट प्रमाणपत्र र पदक हस्तान्तरण गरिएको थियो । यसरि आगामी बर्षहरुमा पनि यस प्रकारका खेल हुनु पर्ने प्रतियोगितामा सहभागीहरुको रहेको छ ।

Facebook Comments