नेपाली ख्रीष्टिय भजन अब एन्ड्रोइड फोन र ट्याब्लेटहरूमा

एन्ड्रोइड फोन तथा ट्याब्लेटहरूमा सजिलै ख्रीष्टिय भजनहरू पढ्न मिल्ने सुबिधासहितको “एन्ड्रोइड एप” सार्वजनिक भएको छ । Zero Inc Pvt. Ltd. सँगको सहकार्यमा Youth Circle समुहले तयार गरेको यो एप एन्ड्रोइड डिभाइस हुनेहरूले Google Play Store बाट सजिलै इन्स्टल गर्न सक्नेछन् । Google Play Store मा Nepali Khristiya Bhajan सर्च गरेर अथवा सिधै यस समाचारको अन्तमा उल्लिखित लिंकमा गएर यो एप इन्स्टल गर्न सकिनेछ ।

यस एपले नेपालीभाषी ख्रीष्टियनहरूलाई ठुलो सघाउ पुर्याउने विश्वास निर्माताहरूको छ । निर्माता समूहले सबै विश्वासीहरूलाई यो एप इन्स्टल गर्न, सल्लाह सुझावहरू दिन तथा थाहा नभएका अन्य मानिसहरूलाई पनि यसको परिचय गराइदिन आह्वान गरेको छ ।

यो एप इन्स्टल गरेपछि गीतहरू डाउनलोड हुनको निम्ति केहि समय अनलाइन रहनुपर्ने भए पनि पछि भने इन्टरनेटको आवश्यकता पर्नेछैन । यस एपको iOS Version पनि छिट्टै निकाल्ने तयारीमा रहेको निर्माता समुहले यसमा निरन्तर थप सुविधाहरू थप्दै जाने बताएको छ ।

यस एपसम्बन्धी सल्लाह, सुझाव दिनका निम्ति यस इमेल apps@youthcircle.org मा सम्पर्क गर्न सक्नुहुन्छ । थप जानकारीहरू प्राप्त गर्नका निम्ति यस लिंकमा जान सक्नुहुन्छ: http://bhajan.youthcircle.org/

एप इन्स्टल गर्ने लिंक यसप्रकार छ :
https://play.google.com/store/apps/details?id=com.zeroinc.khristiyabhajan

Facebook Comments